सिम्रौनागढ़ सामाजिक संदेश

बाराको प्रशौनीमा नेपाली काङ्ग्रेसले प्र. म. ओलीको विरुद्ध जुलुस नारा

Pacharauta covid new -078
Holi Suvarn 078

रंजित पाण्डे, प्रशौनी, बारा। बाराको प्रशौनीमा नेपाली काङ्ग्रेसले प्र. म. ओलीको विरुद्ध जुलुस नारा गरिएको छ। प्र.म. ओलीले संविधानको विरुद्ध गएर संसद विघटन गरेको भन्दै देशको सतहतरै जिल्लामा बिरोध रैली गर्ने तय गरिएको अनुसार बिरोध कार्यक्रम गरिएको छ। तैरोदिन आलमको सभापतित्वमा तथा क्षेत्रीय सभापति सुनील गुप्ताको प्रमुख आतिथ्यतामा एवं बिशेष अतिथि- लोकेश सिंहको उपस्थितिमा कार्यक्रम गरिएको छ।

Simraun gadh Covid New -078

प्र. म. ओलीले संबिधानमा संसद विघटन गर्ने नियम हटाइएको भए ता पनि ओलीले अधिनायकवाद बन्दै एकलौटी पारामा संबिधान लाई लत्याउदै विघटन गरेकोले सर्वत्र चौतर्फी बिरोध भैरहेको नेता गुप्ताले आफ्नो धारणा राखेका थिए । बिरोध कार्यक्रम प्रशौनीको घन्टा घर बाट निस्केको जूलूस खुटवा जब्दी बथानी चौकमा कोणसभा गरिएको छ।

प्र.म. ओलीले आफ्नो स्वार्थको परिपुर्तिका लागि देशको कानुनको धजिया उडाउदै देशको संबिधान लाई लत्याएर संबैधानिक पद लाई समेत दुसित गरेकोले अब त्यो पदमा समेत बस्ने योग्यता नरहेकोले पद समेत त्याग गर्नु नै देशको हितकर रहेको नेता गुप्ताले आफ्नो धार्ना राखेका थिए। कार्यक्रममा काङ्ग्रेसका हरि राउत कुर्मी, इकाई सभापति परसौनी ४ खुटवा- ताराचंद साह तेली, युवा नेता -सौरभ कुमार गुप्ता लगायत सयकडौ कार्यकर्ताहरुको उपस्थिति रहेको थियोे ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.