सिम्रौनागढ़ सामाजिक संदेश

देश भर संगसंगै बिराटनगर १५ मा पनि नेपाली कांग्रेसको बिरोध प्रदर्शन

देश भर संगसंगै बिराटनगर १५ मा पनि नेपाली कांग्रेसको बिरोध प्रदर्शन

Pacharauta covid new -078
Holi Suvarn 078
Simraun gadh Covid New -078

पवन शाह
बिराटनगर / नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार बुधवार देशभरका वडाहरूमा काँग्रेसले विरोध सभा आयोजना गरेको हो ।

सोही क्रम्मा बिराटनगर महानगर पालिका १५ नम्बर वडाको हरिनगर भट्टामा प्रकाश शाहको अध्यक्षतामा गरिएको बिरोध कार्यक्रममा केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिको सरकारले गरेको प्रतिनिधि सभा बिगठनको कदम अधिनायकवादी सर्वसत्तावादी, स्वेच्छारी चरित्र बाट उत्पन्न लोकतांत्रिक मुल्य मान्यता र संवैधानिक व्यवस्था प्रतिकुल बदनियत पुर्ण कार्य हो भनि नेपाली कांग्रेसले प्रस्ट पार्दै संघिय लोकतांत्रिक गणतन्त्रात्मक भत्काउने र मुलुकलाई अस्थिरता अनिश्चितता अराजकता र असफ़ल्ता तर्फ़ लैजाने गम्भिर षड्यन्त्रमुलक कार्य भएको ठहर नेपाली कांग्रेसले गरेको छ । बिरोध सभा प्रदर्शन को क्रम्मा विरोध सभालाई सम्बोधन गर्दै कार्यक्रम का प्रमुख अतिथि युवा नेता तथा नेपाली कांग्रेस जिल्ला सदस्य राजेश गुप्ताले कोपी शर्मा ओली नेपाल र नेपाली जनतालाई शोषण गरेर मनोमानी ढङ बाट ओली ले गरेको अलोकतान्त्रिक प्रतिनिधिसभा विघटन विरुद्ध सुरु देखि संघर्ष गरिरहेको र अन्तिमसम्म यस्तो अलोकतान्त्रिक कुराको बिरोध गर्दै देश र जनताहरुको हितको लागी लडिरहने बताए ।

ओलीको कारण लोकतन्त्र र देश दुवै खतरामा परेको उनको भनाई छ । नेपाली काँग्रेसले मात्र लोकतन्त्र बचाउन सक्ने भन्दै किशोर सुब्बा, रुस्तम अली, अमर बहादुर श्रेष्ठ, अनुज गुप्ता, श्री राम ठाकुर र मित्र लाल गिरी लगायतका कार्यक्रममा सभागी वक्ताहरुको धारणा रहेको थियो ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.