google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

पवन शाह
सामा चकेवा दिदी-बहिनीद्वारा दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गरि मनाउने पर्व हो । यो पर्व द्वितीया तिथिदेखि पूणिर्मा तिथिसम्म मनाइन्छ । सो पर्वका लागि द्वितीया तिथिका दिन दिदी­ बहिनीले सामा चकेवा पर्वका लागि माटोको आकृति बनाउने कार्यको थालनी गरी छठ पर्वको खरना वा पारणदेखि पात्रहरुको आकृति बनाउने चलन रहेको छ ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

मिथिलाको प्राचीन सामाजिक, पारिवारिक संस्कार र परम्परालाई दर्साउने यो पर्व लोकनाट्यको एउटा रूप हो, जसमा महिला सूत्रधार र पात्रमा माटोका मानव, पशु र चराको आकृति हुन्छन् । दाजुभाइ दिदी-बहिनीको प्रेम मुख्य आधार भएको यस पर्वले भाइ-बहिनी र पति-पत्नीको अमर प्रेम, समर्पण, उत्सर्ग र श्रद्धा प्रदर्शित गर्दछ । सामा चकेवा पर्व मनाउँदा दाजुको प्रशंसा तथा घर बिगार्ने श्रीमान श्रीमति बिच झगडा लगाउनेलाई चुगला भनि चुगला पात्रलाई गाली दिने खालका गीत गाएर बहिनी मनोरञ्जन गर्दछन् ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0