सिम्रौनागढ़ सामाजिक संदेश

सिमा सिल रहदा पनि कसरी भारत पुग्छन लागुऔषध सेवनकर्ता

सिमा सिल रहदा पनि कसरी भारत पुग्छन लागुऔषध सेवनकर्ता

Pacharauta covid new -078
Holi Suvarn 078
Simraun gadh Covid New -078

पवन शाह
बिराटनगर / सिमावर्ति एरियाहरुमा जतिनै सुरक्षाकर्मिहरु परिचालन गरेपनि लागु औषध सेवनकर्ताहरुमा भने कुनै कमि नआएको देखिन्छ ।

बिराटनगर भन्सार कार्यालय रानि नाका बन्द भएपछी अहिले रानिकै खुला नाकाहरु तर्फ़ को बाटो लागु औषध प्रयोगकर्ताहरु धाउन थालेका छन । कोरोना महामारी का कारण लक डाउन भएपछी अति आवश्यक कार्य बाहेक पास बिना जोकोहिलाई पनि निस्किन प्रतिबंध भएको बेला तसकरी भैइ नेपालमा आउने गरेको लागु औषध ठुलै मात्रामा प्रहरी सशस्त्र प्रहरीहरुले बरामद गरि त्यास्ता तसकरहरुलाई मुद्दा समेत चलाएका छन तर अहिले नेपाल भारत सिमा नाका सिल अवस्थामा रहदा पनि दैनिक सयौ को संख्यामा लागु औषध सेवनकर्ता नेपाली युवा युवतीहरु कसरी लागु औषधको ब्यापारिक केन्द्र भारतको जोगबनी नजिक टिकुलिया बस्ति सम्म पुग्ने गरेका छन भन्ने कुरा प्रशन बनेको छ । दैनिक सिमावर्ति एरियामा धाउनेहरु महंगा महंगा मोटरसाईकलमा, चार पाङ्रे गाडीमा आउनेहरु हेर्दा हुने खाने ठुला र सम्पन्न घर परिवारका व्यक्तिहरु देखिन्छन कुनै न कुनै बहानामा ज्यान फ़ालेरै पारी सम्म जान्छन र खालि हाथ फ़र्किन्छन । सोच्न बाध्य बनाउने एउटा कुरा न त त्यहा कुनै सरकारी, गैरसरकारी कार्यालय वा संस्था छ न त कुनै बजार , घुम्ने ठाउ अथवा पार्क नै तर पनि त्यस्तो ठाउमा धाउने हरुलाई रोक्न नसकिएको अवस्था छ । सिमामा खटिएको सिमित सुरक्षाकर्मिहरुको भरोसामा दैनिक हजारौको संख्यामा आउने ओहोर दोहोर गर्नेहरुलाई रोक्न नै हम्मे हम्मे परिरहेको देखिन्छ ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.