सिम्रौनागढ़ सामाजिक संदेश

सामाजिक सँजाल ह्याक गरी ठगि गर्ने २ जना पक्राउ

Pacharauta covid new -078
Holi Suvarn 078
सामाजिक सँजाल ह्याक गरी ठगि गर्ने २ जना पक्राउ
अनिल पाण्डेय
कलैया बारा
Simraun gadh Covid New -078
 फेसबुक एकाउन्ट ह्याक गरी ३० हजार मेरो नाउँमा पठाउ नत्र तिम्रो अश्लिल तस्बिरहरू नेट मार्फत समाजिक संजालमा राखी दिन्छु भनी विभिन्न डरत्रास देखाई रकम ठगी गरेको भन्ने जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नं.२ बस्ने एक जना महिलामार्फत जिल्ला प्रहरी कार्यालय बारामा प्राप्त सूचनाको आधारमा कार्यालय बाट खटिएको प्रहरी टोलीले उक्त कार्यमा संलग्न व्यक्तिको सुराक पत्ता लगाउदै खोजतलाश गर्दै जाने क्रममा दुबै जना लाई मङ्सिर १४ गते पक्राउ गरिएको छ ।
सामाजिक संजाल  फेसबुक एकान्ट ह्याक गरि आपराधिक लाभ लिने २ जना लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने मा सप्तरी जिल्ला को सितापुर गाउँपालिका वडा नं.३ बस्ने ३१ वर्षीय रामदेव साह र सुनसरी जिल्ला को ईटहरी उपमहानगरपालिका वडा नं.४ बस्ने २३ वर्षीय मनिषा गिरी रहेकी छिन्।

सुनसरी को ईटहरी उपमहानगरपालिका वडा नं.६ ईटहरी बजार अन्तर्गत रहेको आई एम ई बाट ठगी गरेको रकम झिकिरहेको अवस्थामा रकम सहित ऊनीहरु दुबै लाई पक्राउ गरिएको बारा का प्रहरी प्रबक्ता गौतम मिश्राले जानकारी दिएका छन् ।

पक्राउ परेका दुबै जना लाई आपराधिक लाभ मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट पहिलो पटक ५ दिन को म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी प्रबक्ता मिश्राले जानकारी दिएका छन् ।

 

 

सँम्भार:- cinnepal.com

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.