सिम्रौनागढ़ सामाजिक संदेश

सशस्त्र प्रहरी द्वारा अवैध पटकाहरु बरामद गरी नस्ट चाड तिहारको बेला बिओपिहरु सक्रिय

सशस्त्र प्रहरी द्वारा अवैध पटकाहरु बरामद गरी नस्ट चाड तिहारको बेला बिओपिहरु सक्रिय

Pacharauta covid new -078
Holi Suvarn 078

पवन शाह
बिराटनगर / यस पटक भारतमा पनि तिहार भरी पटका पड्काउन प्रतिबंध लगाएको बेला नेपाल भित्रिदै गरेको अवैध पटकाहरु सशस्त्र प्रहरीले बरामद गरी नस्ट गरेको छ ।

Simraun gadh Covid New -078

जहदा गाउ पालिका १ को भुटाहा बाट अवैध रुपमा नेपाल भित्रिदै गरेको ३७ हजार मुल्य बराबरको बिस्पोटक पटेका हरु नियन्त्रणमा लीइ नस्ट गरेका हुन । बरामद भएको पटेका हरुमा बुल्लेट, चोकलेट, खोर्सानी पटेका, स्काई सेवेन साउण्ड, अनार, रकेट, टर्च फ़्लावर र झिर्झिरेहरु रहेका थिए । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट जहदा भुटाहाको बिओपि प्रमुख जंग बहादुर सिंहको नेतृत्वमा बिराटनगर महानगर पालिकाको १८ का जन प्रतिनिधि राजदेव यादव, बुद्धिजिवि तथा स्थानिय हरिनारायण साह, बिजय कुमार यादव र यूवराज थापाको तथा स्थानिय पत्रकारको रोहवरमा बिहिवार बिहान खाल्डो खनि पटका खाल्डोमा हालेर पानि खनाई नस्ट गरेका हुन ।

त्यसै गरी बिहिवार बहानकै समयमा सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बखरी बाट दरैयामा खटेको टोलीले चेकजाचको क्रममा एक व्यक्तिको साथ बाट भारतिय रुपैया १ लाख दुई हजार नगद सहित पक्राउ गरी आवश्यक कार्वाही थालेको सशस्त्र प्रहरीले बताएको छ ।

तिहार नजिक आए पनि कोरोना महामारी र बिहारमा भएको चुनावी चहलपहलमा समेत यसपटक सामजिक दुरी तथा नागरिकको सुरक्षालाई मध्यनजर गर्दै बोष्फोटक सामग्री पटकाहरु भारतमाको बिहार राज्यमा पनि पडकाउन प्रतिबंध लगाएको हो । हरेक वर्ष भने भारत बाट अवैध रुपमा ठुलै परिमाणमा नेपालमा पटका भित्रिएपनि यसपटक भने सिमाहरु अझै सिल रहेको अवस्थामा सशस्त्र प्रहरी का बिओपिहरु बाट खटेको सुरक्षाकर्मिका कडाईका कारण पटेकाहरु धेरै कम मात्रामा नेपाल भित्र पटकाहरु भित्रिएको हो । भारत नेपाल खुला सिमा भएका कारण अहिले सम्म नेपाल तर्फ़ भित्रिएको पटकाहरु नेपाल प्रहरी तथा सशस्त्र परहरीहरुले ठुलै परिमाणमा घर तथा गोदाममा छापामारी पटकाहरु बरामद गरिसकेका हुन । केहिदिन अगाडी सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट सोराभाग बाट खटेको टोलिले समेत एक लाख बढी मुल्य बराबरको बिस्पोटक पदार्थ पटेकाहरु रत्रिको १२ बजेको समयमा बरामद गरी जनप्रतिनिधीहरुको रोहवरमा नस्ट गरेकोकुरा बिओपि सोराभाग प्रमुख सप्रनि अभिषेक अधिकारीले बताउनुभयो । त्यसैगरी मोरङ्ग को पुरानो सदरमुकाम रंगेलीमा रहेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट रंगेलीले समेत अवैध कारोवार तथा प्रतिबन्धित सामग्रीहरु को कारोवार गर्नेहरुलाई निरूत्साहित गर्न अभियान चलाएको बिओपि रंगेली प्रमुख कमल अधिकारीले बताएकाछन ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.