सिम्रौनागढ़ सामाजिक संदेश

सामाजिक अभियन्ता भट्टराई द्वारा सुरक्षाकर्मिलाई मास्क र सेनेटाईजर बितरण

Pacharauta covid new -078
Holi Suvarn 078

पवन शाह, बिराटनगर ।

बिराटनगरका युवा सामाजिक अभियन्ता राहुल भट्टराईले सुरक्षाकर्मिहरुको सुरक्षाको निम्ति ठुलो परिमाणमा सेनेटाईजर र मास्क बितरण गरेका छ्न ।

Simraun gadh Covid New -078

अहिलेको विषम परिस्थितिमा समाजमा सुरक्षाको निम्ति अग्रपन्तिमा रहेर अहोरात्र खटेर भुमिका निर्वाह गरिरह्नु भएका सुरक्षाकर्मिको सुरक्षालाई मध्यनजर गर्दै भट्टराईले ईलाका प्रहरी कार्यालय रानी र जिल्ला ट्राफ़िक प्रहरी कार्यालय मोरङ्गको प्रहरीको निम्ति सोमवार सेनेटाईजर बितरण गर्नुभएको हो ।

नेपाली कांग्रेसका जिल्ला सदस्य युवा नेता तथा समाजसेवी राजेश गुप्ताको अगुवाईमा सामाजिक अभियन्ता राहुल भट्टराईले जिल्ला ट्राफ़िक प्रहरी कार्यालय मोरङ्ग र इलाका प्रहरी कार्यालय रानीको कार्यलय प्रमुखलाई सेनेटाईजर २० लिटर, सेनेटाईजर बनाउन प्रयोग हुने केमिकल १५ लिटर, सेनेटाईज गर्ने मेसिन १ थान र मास्क ५ सय थान हस्तांतरण गर्नुभएको हो । अभियन्ता भट्टराईले बिराटनगरका विभिन्न ठाउहरुमा अत्यन्त दयनिय अवस्थामा रहेकाहरुलाई बेला बेलामा राहत स्वरुप खाध्यान्न सामग्री समेत बितरन गर्दै आईरहेका थिए ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.