google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

कलैया, बारा।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

विशव हाेमियाेपैथिक दिवसकाे उपलक्ष्यमा हाेमियाेपैथका जन्मदाता डा.कृषचन फैरेडरिक हैनिमैन काे २६७ वा जन्म दिन मनाईएको हो। मधेस प्रदेशका डिभिजन वन कार्यालयकाे सभा भवन चन्द्रनिगाहपुर राेैटहतमा अल नेपाल हाेमियाेपैथक एसाेसिएसन मधेस प्रदेशकाे आयाेजनामा मनाईएको हो। अल नेपाल हाेमियाेपैथिक एसाेसिएसन मधेस प्रदेशका अध्यक्ष डा .मुन्ना कुमार कुशवाहाकाे अध्यक्ष्ता तथा सामाजिक विकास मंत्रालयका नि.सचिव डा. मुक्ति नारायण साहको प्रमुख आतिथ्यता एवं डिभिजन वन कार्यालय राैटहतका प्रमुख अमरदेव यादव र पुर्व शिक्षा अधिकारी डा. बृजमाेहन चाैधरिको विशिष्ट आतिथ्यतामा जन्मोत्सव कार्यक्रम गरिएको हो।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

कार्यक्रममा विभिन्न घातक रोगहरुको बारेमा पनि विभाजन गरि व्याख्या गरिएको थियो।
• सामान्य इमरजेन्सी –

A) सामान्य चोट– बालबालिकाहरुले खेल्ने समयमा चोट लाग्दा घाउचोट लाग्दा हुने रक्त श्राव र दर्दमा पनि निकै प्रभावकारी र कम खर्चिलो उपयोगी औषधिहरु – Calendula, Arnica, Hypericum आदि.

B) रक्तस्राव– यद्यपि रक्तस्राव कुनै प्रकारको बाह्य वा आन्तरिक चोट को परिणाम हुन्छ तर रक्तस्राव लाई धेरै प्रकारमा विभाजित गरिएको हो। सामान्य चोटमा हुने रक्तस्राव, नाक बाट रक्तस्राव (नकसीर), महिला लाई मासिक धर्म को बेला हुने अतिस्राव आदि. कहिलेकाही किडनीमा पथरीको समस्या भएमा पनि पिसाब संगै रक्तस्राव हुने संभव हुन्छ। होम्योपैथीमा रक्तस्राव तुरुन्त रोकनका लागि पनि उपयोगी औषधिहरु रहेका छन्। जस्तै – Calendula, Millofolium , Hammamalis , Crot-Hor आदि. .

C) सामान्य वा अचानक उत्पन्न हुने दर्द – शरीरको कुनै भागमा हुने दर्द आफुमा कुनै बिमारी नभए पनि अरु रोगको संकेत हुन्छ। दर्द अनेक अनेक प्रकारको हुन्छ। शरीरको कुनै भागमा बिना कुनै कारण अचानक हुने दर्द चोट लगने बेला हुने दर्द, बीमारी को दर्द, मासिक धर्ममा हुने दर्द आदि. केहि खास होम्योपैथिक औषधि दर्द लाई स्थायी रूपमा समाप्त गर्दछ। र त्यसको कुनै साइड इफेक्ट हुदैन। जस्तै – Rhus Tox, Mag. Phos, Arnica आदि.

D) संक्रमण– कुनै प्रकारको संक्रमण लाई नियंत्रित गर्न होम्योपैथिक औषधि सफल र रहेको छ। जस्तैमा मौसमी संक्रमण, फोडा, मुहांसे, खुजली, एक्सिमा,एलर्जी आदिको लागि Gunpowder, Silicea आदि होम्योपैथिक उपयोगी रहेको छ।

E) मोच– सामान्य कार्य गर्दा, भारी वजन उठाने बेला, गलत तरीका ले गरिने कसरत आदि अनेक कारन हुन्छ। जस लाई मोच भनिन्छ। प्रायः मोच शरीरको लचीलो भागमा जस्तै कलाई, ढाड, खुट्टा आदि लाई प्रभावित गर्ने गर्दछ। यस्तो भएमा मालिश नै यसको सर्वोत्तम उपचार हो भन्ने बुझ्ने गरिन्छ तर मोचका लागि पनि होम्योपैथिक एकदमै उपयोगी हुन्छ जुन मात्र मोचको दर्द बाट हुने सुजना लाई पनि ठिक गर्छ। जसका लागि – Ruta, Rhus Tox आदि.

• गंभीर इमरजेन्सी –

जनमानसमा भ्रम रहेको हुन्छ कि गम्भिर प्रकृतिको रोगको उपचार हुदैन तर केहि विशिष्ट होम्योपैथिक औषधि गंभीर इमरजेन्सीमा ततकाल नियंत्रित गर्न सफल रहेको बताए।

F) जल्नु – जल्नु एक दर्दनाक प्रक्रिया हो जुन धेरै कारणले हुन्छ – आईमाईले किचेनमा कार्य गर्ने बेला जानु, आगो वा भापले जानु, सनबर्न आदि. जले पछी उपरोक्त होम्योपैथिक औषधि प्रयोग गर्न सकिन्छ। – Cantharis, Urtica- Uren, Kali mur आदि.

G) हड्डी भाज्चु – हड्डी भाज्चु एक आम इमर्जेंसी हो जुन प्राय: वृद्धमा, चच्चामा अथवा दुर्घटना आदिको कारणले हुने गर्दछ। जसका लागि होम्योपथीमा उक्त प्रकृतिकाका लागि दर्द र हड्डी भाचिएको लाई पुनः जोड़नुमा सक्रिय भूमिका निर्वाह गर्दछ – Sympht, Ruta, Cal. Phos आदि यसको उदहारण हो। .

H) लू लाग्नु – गर्मीको मौसममा भएको लापरवाही वा केहि सामान्य गल्तीले लू लाग्ने गर्छ। जस्तै – घाममा घुम्नु, घाम बाट आउने बितिकै चुसो पानि सेवन गर्नु, चर्को गर्मि बाट एकाएक कूलर वा एसीमा बस्नु यी सबै कारणले शरीर तथा बाहरी वातावरण बीच संयोजन गडबडा हुन्छ र लू का शिकार हुने गरिन्छ। प्रायः यसो हुदा मुख्य लक्षण- बढी ज्वरो, वामन, अत्याधिक टाउको दुख्नु आदि छन्। लक्षण गंभीर भएमा विरामीको मृत्यु पनि हेन संभावना हुन्छ। यस्तो अवस्थाका लागि होम्योपैथिक औषधि उपयोगी हुन्छ। लू लागेमा तुरुन्त १ या २ खुराक ले विरामीको ज्यान जोगाउन प्रयाप्त हुन्छ। जस्तै – Nat-Mur, Glonine आदि.

I) टिटनेस – जंग लागेको फलाम बाट काटेको खण्डमा वा सवारी दुर्घटना बाट भएको खण्डमा टिटनेसको खतरा जानलेवा भी साबित होपनि हुन् सक्ने हुन्छ। यसका लागि पनि होम्योपैथीमा – Hypericum, Led Pal आदि.

J) सदमा– यो एउटा अत्यधिक गंभीर इमर्जेंसी हो जुन व्यक्ति माथि अस्थायी अथवा दूरगामी दुवै प्रकारको प्रभाव पार्छ। अचानक कुनै ख़ुशी वा गमको समाचार, आफन्तजनको मृत्यु, कुनै भयानक दुर्घटना वा खून आदिको घटनाले साक्षात दृष्टिपात आदि सदमाको मुख्य कारण हो। यस्तो भएमा व्यक्ति अचानक बेहोश हे गर्छ। उसको आँखा चढ़ेर आउछ, दांत बाध्नु वा कहिले काही आवाज अथवा याददाश्त गुम्ने सम्भावना हुने गर्छ। यस्तो अवस्थामा प्रति ५-५ मिनटको अन्तरालमा केहि विशिष्ट होम्योपैथिक औषधि बाट व्यक्तिको ज्यान जोगाउन सकिन्छ। जस्तै – Ars Alb, Carbo Veg, Nat. Mur आदि.

K) हार्टअटेक– यो अतिनै प्रचलित र अति गंभीर इमर्जेंसी हो र यस्तो अवस्थामा विरामी लाई हॉस्पिटल पुर्याउने बेला बाटो मई ज्यान गएको हुन्छ, किनकि हार्ट अटेकको विरामी लाई तुरुन्त देखभाल तथा उपचारको आवस्यकता हुन्छ। यस्तो खाले विरामीका लागि होमियोपैथी औषधिले सधैका लागि निको गर्ने उत्कृष्ट औषधि रहे छ। जस्तै – Glonine, Ammonium Carb आदि.

L) बच्चा पेटमा उल्टो हुनु / प्रसव हुन्में समस्या – यस्तो अवस्थाका लागि निकै गम्भीर हुने गरेको हुन्छ, र त्यस्तो बेला महिलाको ज्यान पनि जाने सम्भावना हुने गर्छ। कहिले काही दुइटा चच्चा पेटमा हुन्छ र उल्टो हुन् जान्छ यस्तो अवस्थामा आमा र बच्चा दुबैको ज्यान जोखिममा हुन् सक्छ र त्यसको अन्तिम बिकल्प ऑपरेशन नै हुन्छ। अझ प्रसव हने बेलामा महिलाको प्रसव पीडा अचानक बंद भएर झन् जटिल अवस्थामा पुग्ने गरेको हुन्छ। यस्ता अवस्थाका लागि होम्योपैथीमा केहि यस्ता विशिष्ट औषधि हुन्छ जुन आपात विपतको अवस्थामा प्रयोग गर्दा तुरुन्त बच्चा लाई सुल्टो पारि प्रसव सहज भएर आमा र बच्चाको भविष्य जोगिन्छ। र ऑपरेशन बाट पनि जोगिन्छ। जस्तै – Sepia, Pulsatila, Caulophyllum.

हाेमियाेपैथ पद्दतिमा सस्तो ईलाज हुनछ । अपरेसन बाट निको हुने रोगको औषधिले नै निकाे हनछ। जस्तै पथरि, बाबासिर, गाठ, प्राेसटेट, गैलेण्ड आदि।

नोट – कृपया उलेख गरिएका औषधिहरु होम्योपैथिक डॉक्टर को सलाह अनुसार नै सेवन गर्नु होला किनकि सबै औषधिहरुको potency फरक-फरक हुन्छ।

कार्यक्रममा डा. राजकिशाेर प्रसाद साह, डा. लालबाबु कर्ण, डा. प्रभु कुशवाहा, डा. रामेशवर कुशवाहा, ईनदल कुशवाहा, संजय कुमार आदिले मन्तब्य गरेका थिए। कार्यक्रममा हाेमियाेपैथ डाक्टर र फार्मेसी गरि २७ जनाको उपस्थिति रहेको थियोे। कार्यक्रम संचालन श्री मती सविता कुशवाहा तथा सवागत मंतब्य श्रीमती विणा कुशवाहाले गरेकी थिन।

 


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0