सिम्रौनागढ़ सामाजिक संदेश

हाथ मात्र धोएर महामारी नियन्त्रण हुदैन, रोजगार गुमेका नेपालीहरुकालागी कस्ले सोच्ने?

हाथ मात्र धोएर महामारी नियन्त्रण हुदैन, रोजगार गुमेका नेपालीहरुकालागी कस्ले सोच्ने?

Pacharauta covid new -078
Holi Suvarn 078

पवन शाह

Simraun gadh Covid New -078

बिराटनगर / नेपाल भारत अन्तरास्ट्रिय सिमा रानी भन्सार नाकामा बिहिवार फ़रेन बिराटनगरले बिश्व हाथ धुने दिवस साबुन पानिले हाथ धोएर मनाएका छन ।

देशमा कोरोना महामारी (कोबिड-१९)को कारणले जनजिवन कस्टकर भैइरहेको बेला अझै सम्म संघ संस्थाहरुले हाथ कसरी धुने भनेर सिकाउदै आईरहेको छ । साबुन पानिले हाथ धोऔ, भौतिक दुरी कायम गरौ र मास्क प्रयोग गरौ भन्ने नारा लिएर गरिएको उक्त कार्यक्रम पुनः कार्यक्रममा नै सिमित रहेको देखियो । कोरोना महामारी नेपालमा सुरु हुनूभन्दा अगाडी देखी गरिएको लक डाउनका कारण अधिकंश नेपालीहरुको जनजिवन प्रभावित भयो । प्रायले रोजगार गुमायो, ज्याला मजदूरी गर्नेहरु भगवान भरोसे बाचेका छन । नेपालीहरुले रोजगार गुमाए पनि अहिले कल कारखानाहरु संचालनमा आएको बेला अधिकांश कल कारखानाहरुमा भारतिय मजदूरहरु नियम बिपरित ल्याएर संचालन गरेका छन । समुदाय स्तरमा अहिले कोरोना महामारीको स्वरुप भयाभह भएको छ । तर नेपाल सरकार तथा विभिन्न संघ संस्थाहरुले यस्तो अवस्थामा पनि नेपाली जनताको निम्ति कुनै प्रकारको राहत हुने खालको प्याकेज ल्याउन नसक्नु र कागजि दिखावाको लागी अनावश्यक कार्यक्रमहरुको लागि भने जुनसुकै प्रयोजनको लागी भएपनि बजेट सक्ने कार्य मात्र भैइरहेको नेपाली जनताहरुको भनाई रहेको छ ।

बिश्व हाथ धुने कार्यक्रम मनाउदा पनि साधारण कार्यक्रममा गरेर भिड जम्मा गरेर भिड्भाड नगर्नुस भनि ब्यानर झुन्डाएर आफ़ै आफ़ैमा हाथ मात्र धोएर समस्याको सामाधान नहुने तथा हाथ धुने दिवसको अवशरमा उक्त कार्यक्रममा गरिएको खर्च त्यहा नगरी त्यो खर्च बराबरको मात्र पनि साबुन किनेर गरिब परिवारलाई बाडिएको भए अवश्य यो हाथ धुने कार्यक्रम सफ़ल हुन्थ्यो । यहा त अहिले पनि धेरै परिवारहरुलाई आफ़्नो हाथ मुख जोड्न समस्या छ त्यस्ता मानिसले कहाबाट साबुन किनेर हाथ धोएर बस्नु भनि बिराटनगर – १५ बस्ने स्थानिय दिनेश साहको भनाई रहेको छ ।
त्यही रोगले भन्दा भोकले मर्नेहरु धेरै छन । आत्म बल बढाउनुस महामारीलाई जित्न सकिन्छ भनि प्रचार प्रसार मात्र ब्यापक भैइरहेको बेला भोको पेट आत्म बल बढ्नुको साटो परिवार कसरी पाल्ने भनि आत्महत्या बढिरहेकोमा कुनै सरकार तथा संघ संगठनहरुको ध्यान किन पुग्न सकेको छैन त्यही अहिले दशै तिहारको मुखमा बजार अनुगमन समेत फ़ितलो रहेको र सामान्य उपभोगको अति आवश्यक सामग्रीहरु पनि चर्को मुल्यमा खरिद गर्नुपर्ने बाध्यता रहेको भनि धेरैको को गुनासो रहेको छ ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.