सिम्रौनागढ़ सामाजिक संदेश

गरिवको सहारा वीरगञ्जका युवा

Pacharauta covid new -078
Holi Suvarn 078

बीरगन्ज, १२ भदाै । निरन्तरकाे निषेधाज्ञाका कारण प्रभावित भएका दैनिक ज्यालादारी गर्ने मजदुर तथा विपन्नहरूका लागि सञ्चालित निशुल्क भाेजन शिविर शनिबार १५ औँ दिनमा पनि जारी रह्याे ।

बीरगन्ज महानगरपालिका वडा न. १३ का स्थानीय युवाहरुको सक्रियतामा विगत १५ दिनदेखी गरिब, विपन्न तथा असहायहरूका लागि निशुल्क भोजनको व्यवस्थापन हुँदै आएको छ ।

Simraun gadh Covid New -078

वडा न. १३ का अध्यक्ष तूफान अन्सारी, सन्दिप यादब, लालमहमद, राज कुमार, रुस्तम शेख, साहिब खान, आयुष राज बर्णवाल, अकब मन्सुरी, अमिन मिया सहित कोभिड एक्सन टिम (क्याट) को सहयोगमा बीरगन्जका विभिन्न क्षेत्रहरुमा निशुल्क रुपमा भोजन वितरण गरिएको अभियानमा संलग्न सक्रिय युवा दिपु वर्णवालले जानकारी गराए ।

शनिबार बीरगन्जकाे नारायणी अस्पताल, बसपार्क, घण्टाघर, माइस्थानलगायतका क्षेत्रमा खाना बाँडिएकाे वर्णवालले जानकारी गराएका छन् ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.