google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

वीरगञ्ज, चैत्र ६ । मधेसको मुद्दा सम्बोधन गराउनु जनता समाजवादी पार्टीको एकमात्र एजेण्डा भएको सांसद् प्रदीप यादवले बताएका छन् । केही उच्छृंखल तत्वहरु जसपाको एकतालाई बिगाड्न र मधेस मुद्दालाई कम्जोर बनाउँन लागेको उनले आरोप लगाएका छन् ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

वीरगञ्जबाट सञ्चालित एक स्थानीय रेडियोमा अन्तर्वार्ता दिँदै सांसद् यादवले यस्तो बताएका हुन् ।

मधेस मुद्दा, सरकार साझेदारी जस्ता विषयमा पार्टीका वरिष्ठ अधिकारीहरुले गर्ने निर्णयलाई मात्र आफुहरुले मान्ने बताउँदै सांसद् यादवले गलत र भ्रामक समाचारहरुको पछाडी नलाग्न आग्रहसमेत गरे ।

पार्टीका वरिष्ठ नेताहरुको नेतृत्वमा गठन भएको वार्ता समिति अहिले सबै दलसँग छलफल गर्ने क्रममा रहेकोले आधिकारिक निर्णय नआएसम्म हवातालमा आएका कुरालाई विश्वास गर्नु मुर्खता भएको उनको तर्क छ । उक्त समिति बाहिर गएर भएका कुनै सहमति मान्य नहुने उनले बताए ।

जनताको माग अनुसार जसपाको एकता भएको कारण कुनै बाहिरी शक्तिले जसपाको एकतालाई तोड्न नसक्ने उनले दावी गर्दै भने, ‘जसपा एक हो, एक रहन्छ र मधेसी जनताको मागलाई सम्बोधन गराउने जसपाको एक मात्र एजेण्डा हो । कुनै हालतमा जसपा फुट्दैन ।’ जसपालाई फोड्ने शक्ति कोहिसँग छैन ।’

जसपाको केन्द्रीय सदस्यसमेत रहेका सांसद् यादवले पार्टीमा फुटको कुरा गर्नेहरु जसपासँग डराएको बताए ।

सरकार सहभागी हुने प्रश्नमा बोल्दै उनले मधेसको मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्ने पार्टीसँग मात्र जसपाले सत्ता साझेदारी गर्ने बताए । ‘अब जसपाले उधारोमा सहमति गर्दैन, नगदमा सहमति गर्नेसँग मात्र जसपाले सत्ता साझेदारी हुन्छ ।’ मन्त्री पदको लागि गएर हामीले सहमति गरिहाल्दैनौ । हाम्रो मागहरु पूरा गराउने प्रतिबद्धता आउँनु पर्छ ।’

सांसद् यादवले आफू मन्त्री पदका लागि ललाहित नभएको बताए । आफुलाई जनताले मधेस मागको सम्बोधन गराउन पठाएको कारण मन्त्री पदभन्दा पनि माग सम्बोधन आफ्नो पहिलो प्राथमिकता रहेको उनको भनाई छ ।

नेपाल काङ्ग्रेस अहिले ढुलमुले जस्तो भएको बताउँदै उनले काङ्ग्रेसलाई अवसरवादी पार्टीको संज्ञा दिए । ‘ओली सरकारलाई ढाल्ने कुरामा काङ्ग्रेसले दोहोर चरित्र देखाएको छ । संसद्मा ओली सरकार ढाल्न काङ्ग्रेसको ठूलो भूमिका छ तर काङ्ग्रेसको कुनै ठोस म्यान्डेट आएको छैन । ढुलमूले जस्तो भएछ काङ्ग्रेस ।’

जसपाले सत्ता साझेदारीका लागि राखेको मागहरुको विषयमा बोल्दै सांसद् यादवले रेशम चौधरीलगायत मधेस आन्दोलनका क्रममा पक्राउ परेकाहरुको बिना सर्त रिहाई, विभिन्न झुटा मुद्दा फसाईएकाहरुलाई क्लिन चिट, मधेसी जनताको माग सम्बोधन जसपाको प्रमुख माग राखेको उनले जानकारी दिए ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0