सिम्रौनागढ़ सामाजिक संदेश

खुला सिमा खुलाउन रानी भन्सारमा अनिश्चितकालिन धर्ना, आन्दोलनको नेतृत्व फैयाजले गर्ने

खुला सिमा खुलाउन रानी भन्सारमा अनिश्चितकालिन धर्ना, आन्दोलनको नेतृत्व फैयाजले गर्ने

Pacharauta covid new -078
Holi Suvarn 078
Simraun gadh Covid New -078

पवन शाह
बिराटनगर / नेपाल भारत खुला सिमा सम्वाद समुहले नेपाल भारत सिमा खुलाउन माँग गर्दै बिराटनगर भन्सार कार्यालय रानिमा अनिश्चित कालिन आन्दोलन घोषणा गरेर धर्ना प्रदर्शन गरेका छन ।

सम्वाद समुहको केन्द्रीय अध्यक्ष राजिब झा को नेतृत्वमा भारत नेपाल सिमा रानि भन्सार नाकामा धर्ना प्रदर्शन गरेका हुन । सिमा खुलाउन सांकेतिक आंदोलनको रुपमा पहिले दिन शुक्रवार दिउसो ३ बजे देखी ४ बजे सम्म एक घण्टा धर्ना कार्यक्रम गरेका हुन र खुला सिमा खुला नभए सम्म दैनिक आंदोलनमै रहने र धर्ना कार्यक्रम संगसंगै जिल्ला प्रशासन कार्यालय मार्फ़त सिमा खुलाउन प्रधानमंत्री लाई ग्यापनपत्र समेत बुझाउने तयारी रहेको बताएको छ ।

कोरोना महामारीको कारणले चैत्र १० गते देखि बन्द रहेको नेपाल भारत सिमाको कारणले गर्दा सिमावर्ति एरियामा बसोबास गर्ने धेरै परिवारहरुको अवस्था दयनिय हुदै गएको र सधै गरिआएको रोजगार बन्द भएको अवस्था रहेको छ । त्यति मात्रै नभइ धेरै प्रकारका रोगहरुको औषधि सहज रुपमा नेपालमा उपलब्ध नभएको हुनाले धेरै नेपालीहरु औषधि कै लागि पनि भारतमा आश्रित रहेको बताउदै नेपल र भारत बिच अधिकांश नेपालीहरुको पारिवारिक सम्बन्ध रहेको र धेरै नेपालीहरु भारतमा रोजगार समेत गर्ने गरेका छन । नेपाल भारत खुला सिमा भएका कारण हिमाल पहाड मधेश तराई का लाखौ मान्छेहरुको जनजिवन समेत नेपाल भारत बिचको आपसी सम्बन्धको कारण सहज हुनेगरेको थियो जुन अहिले कस्टकर बनेको छ । कोही रोजगार त कोही पेन्सन थाप्न त्यति मात्रै नभएर बिहे वारी व्यापार लगायतका अन्य धेरै कुराहरु छन जस्को निम्ति खुला सिमा खुला गर्नुपर्ने हो । नेपालमा चाहिने जेपनि अत्याअवश्यक सामग्रीहरु भारत बाट आएकै छन , दुई देश बिच को सिमा बन्द भएपछी पहेलेको भन्दा तसकरी पनि बढेकै छ, मुख्य नाका सिल गरेर पनि साईड नाकाहरु बाट दैनिक दश हजार भन्दा बढी अपरिचित मान्छेहरुको नेपाल भारत आवागमन भैइनै रहेको छ । नेपाली बजार पुर्ण रुपमा कालो बजारी मौलाएको छ, पहुच वालाहरुको कल कारखाना प्रतिस्ठानहरुमा अधिकांश भारतिय मजदुरहरु रहेका छन जसको कुनै तथ्यांक छैन । आफ़्नै देशको नागरिकहरु आफ़्नो मात्रभुमी आउन लाई पनि चोर जस्तो लुकेर आउनुपर्ने बाध्यता बनाएको छ । माथिल्लो निकायमा पहुच नभएको प्राहरी सुरक्षाकर्मिहरुलाई सिमामा परिचालन गरी खुला सिमा प्रयोग गरि आवत जावत गर्नेहरुको बहानामा कार्वाही गरि बहादुरी देखाईरहेकै अवस्था रहेको बताउदै उक्त खुला सिमा खुलाउन प्रशासनको पहिले गोली आफ़्नै छतिमा थापने घोषणा गर्दै आंदोलनको नेतृत्व जनता समाजवादी पार्टी को नगर अध्यक्ष युवा नेता मोहम्मद फ़ैयाजले आन्दोलनको नेतृत्व सम्भालेका हुन ।

कोरोनाको बहाना बनाएर सरकारले जनताको षोशन भैरहेको भन्दै भारत बाट आउने ट्रकहरु बाट कोरोना नसर्ने, अपरिचित आवागमनले कोरोना नसर्ने तथा नेपाली बजारमा, अस्पतालहरुमा सभा सम्मेलन गर्दा कोरोना नसर्ने तर नेपाल भारतको मुख्य सिमा खोलेर सहि बाटो बाट सुरक्षा कर्मिको निगरानीमा जनजिवन सहज बनाउदा कोरोना को संक्रमण हुने खालको सरकारको भ्रम त्यागेर सिमा नाका खुलाउनुपर्छ भनि आंदोलनमा सहभागी भएका मोहम्मद रुस्तम , सदिना खातुन, राकेश रोशन यादब लगायत वक्ताहरुको धारणा राखेका छन ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.