भ्रामक समाचारमा नपर्न महतोको आग्रह
कलैया, बारा।
मधेशवादी नेता राजेन्द्र महतोले गठबन्धनको उम्मेदवार विरुद्ध लागेको बारे केही संकिर्ण सोच बोकेका गोदी मिडिया (सञ्चार माध्यम) ले जनता लाई भ्रम्ममा पार्ने उदेश्यले त्यसता लेखेका छन्। जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाको पक्षमा नलागेको भन्दै उनका स्वकीय सचिव जनकिशोर साहले CIN Nepal संग कुरा गर्दै बताए।
राजेन्द्र महतोको बारेमा कपोकल्पित भ्रामक समाचार सम्प्रेषण गरेर सञ्चार माध्यमको गरिमा तथा देशको चौथो अंगको अचारसंहिताको धज्जी उडाएको महतोको ठम्याई रहेको साहले बताए। यस्ता भ्रामक र कपोकल्पित समाचार कसैको केही प्रलोभनमा परी सम्प्रेषण गरेकोमा लोकतान्त्रिक व्यवस्थामा आछ आउने भएकोले नगर्न सबै सञ्चार माध्यम संग आग्रह गरेका छन् ।