सिम्रौनागढ़ सामाजिक संदेश

सशस्त्रको सेटिङमा छतवाबाट तस्करी

Pacharauta covid new -078
Holi Suvarn 078

कलैया । बाराको छतवा नाकाबाट तस्करी धन्दा शुरू भएको छ । सशस्त्र प्रहरीको संरक्षण र सेटिङमा तस्करी धन्दा सुचारू भएको स्थानीय उमेश यादवले जानकारी दिए । नेपाल प्रहरीकाे तर्फबाट मधेस प्रदेशमा डिआइजी बसन्त कुंवर सरूवा भई आएपछि केही दिन अलि कडा गरिएको कारण तस्करी धन्दा राेकिएकाे भए पनि अहिले भने प्रहरीको तर्फबाट त्यस्तो कडा नभए पछि तस्करी धन्दा सुचारू भएको हो ।

तस्करी धन्दाकाे लाइन मिलाउने काम सशस्त्र प्रहरी बलले गरेको स्थानीय व्यवसायी उमाशंकर साह बताउँछन् । अहिले यो नाकाबाट तस्करी धन्दाकाे लाइन पाउनेहरूमा सकिर , मनाेहर , चन्दन , भाेला र मनाेज मुख्य रहेका छन् । सबैभन्दा बढी यस नाकाबाट भैंसी र कपडाको तस्करी भैरहेको छ। तस्करी धन्दा गर्नका लागि बिहान २ बजे देखि ५ बजे सम्मको समय ताेकिएकाे छ ।

Simraun gadh Covid New -078

यसनाका भन्दा भारतीय क्षेत्रमा घाेडासान भन्ने ठाउँ पर्दछ । तस्करहरूले तस्करीको सामान रक्साैलबाट घाेडासान हुदै छतवा लिएर आउने गरेका छन् । सशस्त्र प्रहरी बलको तर्फबाट छतवा स्थित बेशमा सई सन्ताेष शाह कार्यरत छन् । सशस्त्रको बिअाेपी मातहतको उक्त बेश सशस्त्र प्रहरी बलको सई दर्जाको लागि सबैभन्दा आम्दानी हुने राम्रो ठाउँ पर्दछ । यहाँ टेण्डर हालेर जाने र गएपछि तस्करी धन्दा गराउने प्रचलन धेरै पहिलेदेखि नै चल्दै आएको छ । सई सन्तोष शाहको यो छतवाकाे पाेष्टिङ दाेस्राे पटक हो ।

उनी यसभन्दा पहिले पनि बसिसकेका थिए। बाहिनीमा धेरै सई दर्जाका सशस्त्र प्रहरी छन् तर उनै सन्ताेष शाहलाई डिआइजी गणेश ठाडामगरले छानेर दाेस्राे पटक किन पठाए त ? यसैबाट प्रष्ट हुन्छ छतवाकाे पाेष्टिङकाे चलखेल । तस्करी धन्दा चलेको सम्बन्धमा प्रश्न गर्दा बिअाेपी बरेनियाका निरीक्षक राजकुमार क्षेत्रीसंग प्रश्न गर्दा उनलेे तस्करी नभएको दावी गर्दै आंफुले छानबिन गर्ने बताए ।

यसका अलवा सशस्त्र प्रहरी बल १२ नम्बर गण मातहतका बिअाेपी र बेशबाट गणका लागि भनेर मासिक ३ देखि ५ हजार रूपैयाँ उठाउने गरेको कुरा पनि बाहिर आएको छ ।एक बिअाेपी पतिले नाम नलेख्ने शर्तमा भने जिल्ला प्रशासन , तेलकुवा , रतनपुरीलाल बेश , बिअाेपी पिपरपाती र बेलटारीले मासिक तीन हजार र बांकी सबै बेश र बिअाेपीले मासिक पाँच हजार रूपैयाँ अनिवार्य बुझाउनुपर्ने उर्दी छ । यो मातहतबाट रकम उठाउने उर्दी एसपी राजेन्द्र थापालाई सशस्त्र प्रहरी मुख्यालयले छानबिनका लागि भनेर तानेपछि निमित्त गणपति बनेका डिएसपी अमर खत्रीले बसालेका हुन र अहिले पनि यो उर्दीले निरन्तरता पाएकाे छ। यो मासिक उठन्ती र तस्करीको बिषयमा जिज्ञासा राख्दा सशस्त्र प्रहरी बल मधेस प्रदेशका प्रमुख डिआइजी दिपेन्द्र शाहले आंफुले छानबिन गर्ने , तस्करी राेक्ने र दाेषी देखिए कार्वाही गर्ने बताए ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.