google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

ईप्रका पोखरियाका घुमुवा शर्माको आतंक

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

वीरगंज – ईलाका प्रहरी कार्यलय पोखरियामा कार्यरत प्रहरी सहायक हवल्दार सुरेन्द्र शर्मालको आंतकले अहिले सो क्षेत्रमा सर्बसधारणहरु आतंकीत भएको समाचार प्राप्त भएको छ ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

ईप्रका पोखरियाले सदापोशाकमा सुचना संकलनमा खटाएको शर्माले मातहत भित्र रहेका किराना, मदिरा पसलहरुमा पुगी मासिक रकम उठाउने गरेको पिडीतहरुले जानकारी गराएका छन । सो क्षेत्रको सबैठवा, धोबियाटोल भिस्वा, बन्जारी टिहुकी, चारगाहा,जानकीटोल झलमहीया,दसौता,आदी ठाउहरुमा अहिले दजर्नौ धरेलु मदिरा बनाउने ठाउबाट लाखौ रुपैया मासिक असुल गरिहेको समाचार स्रोतले जानकारी दिएको छ ।

त्यसैगरि ईलाका प्रहरी कार्यालय पोखरिया मातहत प्रसौनीभाठा , अमरपटी, धोरे , खेस्रहा , सबैठवा , बुढगाइ , टिहुकी , भेडिहरवा, आसवारी , जानकीटोला लगायतको सिमानाकाबाट घुमुवा प्रहरी सहायक हवल्दार सुरेन्द्र शर्माकै सेटिङमा भारतबाट लत्ताकपडा, मिठा ,गेहु , जुत्ताचप्पल, हार्डवेयर, इलेक्ट्रोनिक पार्टस, मोटर पार्टस, खाद्यान्न, कस्मेटिक तथा खेलकूदलगायतका भारतीय ब्रान्डका सूर्तीजन्य पदार्थ, रजनीगन्धा, स्पेयर पार्टस्, भाँडाकुडा र माछालगायतका समानहरु पिकअप भ्यान, इ-रिक्सा, ट्याम्पु, मोटरसाइकल, साइकलका माध्यमबाट लाखौं लाख बराबरको समानहरु आउने गरेको छ । सो क्षेत्राबाट आएका समानहरु रंगपुर, एकटागा, महुवन निचुटा,बडिनियार, हुदै जितपुरसम्म पुग्ने गरेको छ ।

सो क्षेत्रका नामुद तस्कर सत्रुधन भने बैलाका समूहले जुत्ता चप्पलको तस्करी गर्न लाईन पाएका छन ।

यस्तै तिलावे पुल हुदै बारवा र अमरपट्टिबाट बब्लु यादव र भुवन यादवले भारतबाट भैंसी नेपालमा ल्याउने लाइन पाएका छन् । भारतका नामुद तस्करका रूपमा चिनिने महादेव यादवसँगै उनको समूहका सदस्यहरुले जानकीटोला र आसवारी लगायतका नाका भएर अवैध रूपमा भैँसी तस्करी गरी जगरजनाथपुर र परवानिपुरस्थित रहेको भैँसी बजार र पशु हाट बजारसम्म पुर्याउने गरेको समाचरा स्रोतले जानकारी दिएको छ ।

पर्साको अमरपट्टि नाका प्रयोग गरी झौवागुठ्ठीका अनुप साह कुखुराको चल्लाको तस्करी गरिरहेको पाइएको छ । पर्सामा सञ्चालित अधिकांश कुखुरा फर्महरु यिनै तस्करहरूले भित्र्याएका चल्लाबाट संचालन भइरहेको स्थानीयको भनाइ छ । यश बिषयमा ईप्रका पोखरियाका प्रहरी निरीक्षक मोहन बिक्रम केसी संग बुझ्दा घुमुवा को छ र आफुलाइ यस बिषयमा केही जानकारी नरहेको बताए ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0