google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

वीरगंजका पहिलाे मेयर मानन्धरको स्मृतिमा फुटबल प्रतियोगीता : नृसिंह माविकाे विजयी सुरुवात

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

वीरगंज – वीरगंजका प्रथम मेयर स्वर्गीय केशर प्रसाद मानन्धरको स्मृतिमा अन्तर विद्यालय मेयरकप फुटबल प्रतियोगीता सुरु भएको छ ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

वीरगंज भेट्रान्स सिटिले आर्दशनगर रंगशालामा आयाेजना गरेकाे प्रतियोगीतामा नृसिंह माविले विजयी सुरुवात गरेकाे छ । आइतबार भएकाे उद्घाटन खेलमा नृसिंह माविले लिटिल फ्लावर माविलाई ४-० गाेलकाे फराकिलाे अन्तरले पराजित गरेकाे हाे ।

पहिलो हाफमा १-० काे अग्रता कायम गरेकाे नृसिंह माविले दोस्रो हाफमा ३ गोल थपेर ४-० काे जित हात पारेकाे हाे । नृसिंह माविका लागि दुई गाेल गरेका बिष्णु महत्ताे उद्घाटन खेलकाे म्यान अफ दि म्याच घाेषित भए ।

त्यसअघि प्रतियोगिताकाे उद्घाटन वीरगंज महानगरपालिकाका उपमेयर ईम्तियाज आलमले गरेका थिए ।

एक हप्ता सम्म संचालन हुने प्रतियोगीतामा सामुदायिक र निजि गरी वीरगन्जका १२ वटा विद्यालयले भाग लिएकाे आयोजक वीरगन्ज भेट्रान्स सिटीका अध्यक्ष सबिन बस्नेतले बताए ।

वीरगंज महानगरपालिकाको ३२ वटै वडाहरुमा रहेका विद्यालयका खेलाडिहरुमा खेल प्रति उत्सुकता र जागरुकता ल्याउने उदेश्यले प्रतियोगिता आयाेजना गरिएको वीरगन्ज भेट्रान्स सिटिका प्रथम उपाध्यक्ष सागर शमशेर जबराले बताए ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
उद्घाटन कार्यक्रममा पर्सा जिल्ला फुटबल संघ पर्साका अध्यक्ष अलिक कलवार , नेपाल फोटो पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष पंकज श्रेष्ठ ,नेपाल खेलकुद पत्रकार महासंघ पर्साका अध्यक्ष तिवारी यादव , वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष आशुतोष चर्तुवेदी , वडा नम्बर ३० का वडाध्यक्ष मनोज कुमार यादव , सिटिजन ईन्टरनेशनल बैंक मधेस प्रदेशका प्रमुख दिवश सिंह ठकुरी , निशान्त लामिछाने , युवा नेता सरोज यादव लगायतकाको उपस्थिति रहेको थियो ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0