सिम्रौनागढ़ सामाजिक संदेश

दशौ विशेष गाउँसभा सुवर्ण गाउँपालिकाको पूरा

Pacharauta covid new -078
Holi Suvarn 078

कलैया, बारा।

Simraun gadh Covid New -078

सुवर्ण गाउँपालिकाको दशौ विशेष गाउँसभा पूरा भएको छ। गापा अध्यक्ष राजेश कुमार यादवको अध्यक्षता तथा उपाध्यक्ष पुनम कुमारी एवं नि. प्रशासकीय प्रमुख सुरेन्द्र प्रसाद साहको विशिष्ट आतिथ्यतामा सभा सम्पन्न भएको हो। पालिकामा भएगरेका तथा हुन लागेका कार्यहरू बारेमा विवरण गरिएको थियो। पालिकामा हुनेगरेका तथा हुन लागेका कार्यहरू लाई विगतका कार्यहरू बाट सिकेका अनुभव लाई आत्मसात गरि अगाडी बढ्ने विश्वास व्यक्त गरेका छन्।

अघिल्लो कार्य बारे वार्षिक योजनाको रूपमा गापा अध्यक्ष यादवले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। आ.व. ०७९/८० को नीति योजना बारेमा गत आ.व.मा राखिएका योजना बाट घटबढ गरि यस आवको कुल बजेट रु ४८ करोड ८९ लाख ५८ हजार ५ सय ९५ रुपैया १६ पैसा विनियोजन गरिएकोमा चालु तर्फ रु ३२ करोड ९७ लाख ८४ हजार ६ सय ९२ रुपैंया १६ पैसा र पुजिगत तर्फ रु १५ करोड ९१ लाख ७३ हजार ९ सय रुपैया मात्र रहेको थियो । जस मध्ये चालु र पुँजिगत तर्फ हाल सम्म खर्च भएको कुल रु १५ करोड ४८ लाख १५ हजार ५ सय १४ रुपैया ८२ पैसा अर्थात जम्मा बजेटको ३१ दशमलव ८२ प्रतीशत खर्च भएको सभामा जनाइएको छ।

सभामा पालिकाका कार्य समिति सदस्य, कर्मचारी, जनप्रतिनिधि, बुद्धिजीवी, भद्रभलाद्मीहरुको विशेष उपस्तिथि रहेको थियो।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.