google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

वीरगंज – नेकपा एमाले निकट जनवर्गीय संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु ) पर्साको १६ औं जिल्ला अधिवेशन आज सम्पन्न भएको छ । वीरगन्जको होटेल सिटि प्यालेसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु ) पर्साको १६ औं जिल्ला अधिवेशन सम्पन्न भएको हो ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

अधिबेशनले रेयाज अन्सारीको अध्यक्षतामा २१ सदस्यीय नयाँ जिल्ला कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा अजित साह , सचिवमा पवन यादव , सहसचिवमा सोनी सरार्फ ,पुकार सुवेदी , रामकुमार पटेल र कोषाध्यक्षमा जयन्ती चौधरी चयन भएका छन ।

रेयाज अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय उपाध्यक्ष उमेश आचार्य ,स्थायी कमिटी सदस्य त्रिलोक सिंह ठकुरी , मधेस प्रदेश संयोजक अन्जना सिवाकोटी , केन्द्रिय सदस्य मेराजुल हवारी , नेकपा एमाले पर्साका इन्चार्ज प्रभु हाजरा , एमाले नेता एवं वीरगन्ज महानगरपालिकाका पुर्व मेयर वीजय सरावगी , मधेस प्रदेश सदस्य शम्भु गुप्ता , वीरगंज महानगरपालिकाका सचीव सुन्दर कुर्मी ,वडा २०का वडा अध्यक्ष एवं एमालेका युवा नेता रामकिशोर सिंह (पराग ),जिल्ला सदस्यहरु शिवजी गुप्ता , ओमप्रकाश गुप्ता ,अकलेश साह , नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का , नेकपा खेलकुद महासंघक सचिव सन्दीप बस्नेत , विद्यार्थी नेता आसिफ अहमद , जेयाद अन्सारी , सुजित मण्डल , भक्ती अग्रवाल लगायतका नेताहरु सहभागी थिए ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0