सिम्रौनागढ़ सामाजिक संदेश

रहबर केयरद्वारा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

Pacharauta covid new -078
Holi Suvarn 078

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. ३२ चोर्नीमा रहबर केयरकाे आयाेजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
श्री नेपाल राष्ट्रिय नि.मा.वि. चोर्नीको प्राङ्गणमा भएकाे शिविरमा शिविरमा ३ सय जनाले स्वास्थ्य परिक्षण गराएका थिए ।

शिविरमा चोर्नी, कोनिहा, लक्ष्मीपुर,परसवा लगायतका स्थानीय वासीकाे उल्लेखनीय सहभागिताको रहेको थियो । शिविरकाे उद्घाटन नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रहबर अंसारीले गरेका थिए ।

Simraun gadh Covid New -078

शिविरमा उपचार गरिएको विरामीहरुलाई निःशुल्क औषधी समेत वितरण गरिएको स्थानीय नेता राजु यादव बताए । त्यो क्षेत्रमा पहिलो पटक शिविरमा निशुल्क औषधि वितरण गरिएको आयाेजकले दाबी गरेकाे छ ।

नेता यादवको विशेष पहलमा गण्डक होस्पिटल वीरगंजका डक्टरहरुद्वारा शिविरमा निशुल्क शिविर आयाेजना गरिएकाे थियाे ।

शिविरमा फिजिसियन डा. प्रशान्त साह, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा.रवी साह, बाल रोग विशेषज्ञ डा.आनन्द रौनियार, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. मन्जु राई, डा. मनोज पटेल, डा.अखतर आलम तथा गण्डक होस्पिटलका प्रशासक प्रमुख सौकत आलम, सदाम हुसेन, महमद हसन लगायतका सहभागिता रहेको थियो ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.