सिम्रौनागढ़ सामाजिक संदेश

माहामारीको बेला कुहिएको दाल बितरण अहिले भोटबैंककोलागि राहत बितरण

Pacharauta covid new -078
Holi Suvarn 078

माहामारीको बेला कुहिएको दाल बितरण अहिले भोटबैंककोलागि राहत बितरण

अनिल पाण्डेय
कलैया बारा
Simraun gadh Covid New -078
बिश्वभरी कोभिड-19 को माहामारी चलिरहेको बेला नेपाल पनि अछुतो रहेको छैन। नेपालमा कोभिड-19 को कहरलाई कम गर्न नेपाल सरकारले चैत्र ११ गतेदेखि लकडाउन जारी गरेको थियो। लकडाउनमा दैनिक ज्यालादारी गरी खाने जनतालाई राहत दिन नसकेर कति घर परिबार भोकभोकै बस्नु परेको तथा चर्को ब्याजमा ऋण लिई जिवकोपार्जन गर्नु परेको सर्बबिदितै छ।
कलैया उपमाहानगरपालिका कार्यलयले आफ्नो जनतालाई एक चोटीको लागि केहि राहत प्रादेसिक तथा केन्द्रिय बजेटबाट बितरण गर्दा पनि कुहिएको दाल बितरण गरेको पनि सर्बबिदितैछ। त्यो कुहिएको दाल अखाद्य्य भएको पनि प्रमाणित भएको थियो।जसको कारण कलैया उपमाहानगरपालिकाको नगरप्रमुख थुनामा बसि बारा जिल्ला अदालतबाट धरौतीमा रिहा भएका थिए।
माहामारीको बेला जनतालाई सेवा प्रदान गर्नुको साटो कुहिएको दाल बितरण गर्ने र जनतालाई स्वास्थय सुरक्षा दिन नसक्ने कलैया उपमाहानगरपालिका को नगरप्रमुख राजेश राय यादव र उपप्रमुख रहिमा खातुन अब अगामि चुनावको  १७ महिना मात्र बाकि रहदा जनता सेवा भावना उत्पन्न भएको देख्न पाईरहेको छ। सोहि सेवा भावनाबाट अभिप्रेरित भई मठ मन्दिर तथा मस्जिद कब्रितान भ्रमण भइरहेको उहाँहरुकै समाजिक सँजालबाट प्रष्ट देखिन्छ।
सम्पुर्ण जनता समस्यामा रहेको बेला नगरप्रमुख र उपप्रमुखलाई जनताको स्वास्थयको ख्याल नभएको र हिजो मात्र कलैया वडा नम्बर २४ सखुईमा आगलगिबाट ४ घरपरिवारलाई केहि राहत उपल्बध गराई अगामि चुनावकोलागि भोट बैंक बनाउन खोजिएको स्थानियहरु बताएकाछन।

 

 

सँम्भार:-cinnepal.com

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.