google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

राष्ट्रिय  हातिपाईले रोग निवारण सम्बन्धी १ दिने  अन्तरक्रिया सम्पन्न 

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
अनिल पाण्डेय
कलैया बारा
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
राष्ट्रिय  हातिपाईले रोग निवारण सम्बन्धी १ दिने  अन्तरक्रिया कार्यक्रम कलैयाको एभरेष्ट गेष्ट हाउसमा  समपन्न भएको छ । स्वास्थ  कार्यलय बाराको आयोजनामा आम औषधि सेवन अभियान सफल बनाउने उदेश्यले कार्यक्रमको आयोजना  गरिएको  थियो ।
 प्रदेश न २ को आठ वटा जिल्ला हरु मध्ये  हातिपाईलेको संक्रमित  बारामा १२ वटा फेला परेपछि  पुन : हातिपाले रोग निवारण  सम्बन्धि  आम औषधि सेवन अभियान  चैत्र २० गते देखि शुरु गर्न लागेको अन्तरक्रिया कार्यक्रममा  जानकारी  गराईएको थियो ।  बाराको वरिष्ठ पत्रकार सत्यप्रकाश श्रेष्ठले हातिपाईले रोग निवारणको लागि आम औषधि सेवन कार्यक्रमलाई  प्रभावकारी बनाउन  दुई बर्ष माथिको सबैले औषधि सेवन गर्न आग्रह गर्नु भयो  ।
स्वास्थ  कार्यलय बाराको प्रमुख रामनरेश यादवको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक अमजद अलि मिकरानिले सहजीकरण गरेका थिए ।   चैत्र २० गते देखि देशको १२ वटा  जिल्ला झापा ,धनकुटा , मोरङ्ग ,बारा लगायतको जिल्लामा अभियान शुरु गर्न लागिएको वहाँले जानकारी दिएका थिए ।  क्युलेक्स जातको लामखुट्टेको टोकाई बाट सर्ने यसको परिजिवी मानव शरीरमा  २० बर्ष सम्म बांच्न सक्ने भएकोले  दुई बर्ष मुनिको बाहेक गर्भवती  ,अति  सिकिस्त  बिरामि , ह्र्दघात भएको रोगी ,सात दिनको  सुत्केरीले औषधि सेवन नग्रन आग्रह गर्नु भएको थियो ।
 हातिपाईले रोगको संमहागढीनगरपालिकामा  १२ जना सक्रमित फेला परेपछि  बारामा पुनः आम औषधि सेवन अभियान शुरु गर्न लागिएको  स्वास्थ  कार्यलय बाराको शंकर प्रसाद गुप्ताले जानकारी  दिनु भयो । राष्ट्रिय  हातिपाईले रोग निवारणको लागू आम औषधि सेवन अभियान सफल बनाउन  पालिका स्तरीय हरेक वडामा  दुई जना स्वास्थक्रमी र एक जना   महिला स्यमसेवकलाई खटाईएको र चिकित्सकको प्रत्यक्ष निगरानीमा औषधि सेवन गराउने  कार्यक्रम  संयोजक अमजद अलि मिकरानिले  बताउनु भयो । कार्यक्रममा बाराली पत्रकारहरुको उल्लेखनीय  सहभागिता रहेको थियो ।

 

 

 

सँम्भार:-cinnepal.com


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0