रास्ट्रिय बजरंग बलको नाममा पासवानले गरे १५ नं. वडा निर्मलीकरण
रास्ट्रिय बजरंग बलको नाममा पासवानले गरे १५ नं. वडा निर्मलीकरण


पवन शाह
बिराटनगर / श्रावन २६, कोरोना भाईरस (कोबिड-१९ ) को महामारी समुदायमा फ़ैलिरहेको बेला बिराटनगर १५ का लाल बाबु पासवानले घाउ घर निर्मलीकरण अभियान संचालन गरेका छ्न ।

कोरोना भाईरस को महामारीले बिराटनगर महानगर पालिकामा दिन दिनै कोरोना संक्रमितहरुको संख्या बढ्दै गैइरहेको अवस्थामा रास्ट्रिय बजरंग बल नेपालको केन्द्रिय अध्यक्ष समेत रह्नुभएका पासवानले आफ़्नै लगानिमा महानगर पालिकाको १५ नम्बर वडामा निर्मलीकरण गर्न सुरु गरेका छ्न ।
कोरोना माहामारी बाट बच्न सचेतना फ़ैलाउदै समुदायलाई समेत उक्त जोखिम बाट बचाईराख्न गाउ घर निर्मलीकरण अभियान सुरु गरेका हुन । १५ दिन देखि लगातार केहीसहियोगीहरुलाई साथमा लिएर वडाको प्रतेक कुना कुनामा सेनेटाईजर छरेर निर्मलीकरण गर्दै आईरहेका पासवानले आफ़्नो समाजमा सुधार तथा समाज उयत्थानको निम्ति इश्वर संग भाकल गर्दै एक वर्ष देखि खाली खुट्टा बसेर समाज परिवर्तन नभए सम्म खाली खुट्टा नै जिबन बिताउने प्रण: समेत गरेका छ्न । आफ़ु गरिब परिवारकै भएर होला दुख: बुजेका पासवान सधै समाज सेवामा निश्वार्थ लागिपरेका देखिन्छ ।
कोरोना महामारीको चपेटामा परेर भोक भोकै दिन बिताईरहेकाहरुको लागी सरकारले राहत को व्यवस्था नगरेपछी स्थानियहरु आंदोलनमा रहेको बेला पासवानले बजरंग बल कमिटिको तर्फ़ बाट ४५ दिन सम्म लगातार नि:शुल्क दुई छाकको खानाको व्यवस्था गरेका थिए ।