google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

परिचय नखुलेको दुर्घटनामा परि ज्यान गएको ब्यक्तिको सनाखत, देवताल बासी रहेको पहिचान

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

अनिल पान्डेय, कलैया, बारा ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

पश्चिम हुलाकी राजमार्ग अन्तरगत बाराको पचरौता नगरपालिका वडा नं. ८ ढोडा पुलमा सोमवार बिहान करीब ६ बजे दुर्घटना भएको थियो। भएको मोटरसाईकल दुर्घटनामा एक युवकको ज्यान गएको थियो। लंगडा चोकबाट पश्चिम तर्फ जादै गरेको ना ३४ प ३४०० नम्बरको एस्पेलेण्डर मोटरसाईकल आफै अनियन्त्रित भई भएको दुर्घटनामा परी देवताल गाउँपालिका ७ निवासी ३१ बर्षिय प्रदिप रामको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए ।

तिब्र गतिमा रहेको उक्त मोटरसाईकल आफै अनियन्त्रित भई राजमार्गमा रहेको ढोडा पुल (कल्भर्ट) को भित्तामा ठोकिएको थियो । पुलमा ठोकिएपछि युवक मोटरसाईकल सहित डोरा खोलामा खसेका थिए ।

मोटरसाईकलको अगाडीको भाग पुर्ण रुपमा क्षतिग्रस्त भएको र युवकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बाराको हुलाकी राजमार्गमा बढ्दै गएको सवारी दुरखटना नियन्त्रण गर्नको लागि ट्राफिक संकेत ठाउँ ठाउँमा राख्नु पर्ने देखिन्छ । मृतक युवकको शव कलैया अस्पताल पोष्टटमार्टम गरि परिवारको जिम्मा लगाइएको छ ।

सभार cinnepal.com


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0