google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

विरगंज, जेष्ठ २१।जनता समाजवादी पार्टीको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बनेकाहरुको सांसद् प्रदीप यादवले कडा आलोचना गरेका छन् ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

सांसद यादवले संसद् भङ्ग गर्न प्रधानमन्त्री ओलीलाई हत्याराको संज्ञा दिँदै सरकारमा सहभागी भएकाहरुलाई भङ्ग गरिएको संसद्को श्रद्धा भोजमा गएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा एउटा पोष्ट लेख्दै भनेका छन्, ” लोकतन्त्रको स्तम्भ जनताको न्यायको मन्दिर सङ्घीय संसद् भङ्ग गराउने (हत्यामा) सहयात्रीहरुले श्राद्धको भोज वा कात्रो खान गएकाहरुलाई मन्त्रीपद पाएकोमा बधाई छ ।”

यादवले प्रतिगमनको सहयात्रीहरुलाई संघिय लोकतान्त्रिक गणतन्त्र धरापमा पार्ने बकसीस पाएका बताएका छन् । “श्राद्धको भोज मिठो लागे पनि लोकतन्त्रको लहु मिसिएको भोज र बकसिस इतिहासले सदा सर्वदा समझिने छ,” यादवले लेखेका छन् ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0