बिराटनगर / बिराटनगर महानगर पालिकाको १६ र १३नम्बर वडाको युवाहरुको सक्रियतामा गठन भएको तालिम केन्द्र युवा कोबिड-१९ एक्सन समुहले कोरोना महामारीको भिषण अवस्थामा निषेधाज्ञाको कारणले गर्दा प्रभावित बनेका बिराटनगरको १३, १५ र १६ नम्बर वाडामा बस्ने स्थानियहरुलाई खाना स्वास्थ्य सामग्री देखी संक्रमितको घर टोल सबै सेनेटाईज गर्न निरंतर लागिपरेका छन ।
अहिलेको अवस्थामा कोरोना भाईरस कोबिड-१९ को संक्रमण भएका र शंकास्पद व्यक्तिहरुको परिक्षण तथा सेवाको निम्ति फ़्रन्ट लाईनमा बसेर काम गर्ने हर कोही पहिले आफ़्नो सुरक्षा त्यसपछी संक्रमितको सेवामा लागिरहेको हुदा हुदै पनि तालिम केन्द्र युवा कोबिड-१९ एक्सन समुहले मास्क र सेनेटाईजरको भरमा संक्रमित सहित समुदायलाई समेत महामारी बाट जोगाउन लागिपरेका छन । त्यति मात्र नभएर कोबिड-१९ एक्सन समुहले विराटनगरमा कामविहिन भएर भोक भोकै बस्न बाध्य व्यक्ति र परिवारलाई खानाको व्यवस्था मात्र गरेको छैन, विभिन्न स्वास्थ्य सामाग्री वितरण, विपन्नलाई राहत वितरण, अक्सिजन नपाएर समस्यामा परेका संक्रमितलाई अक्सिजनको व्यवस्थापन, संक्रमित व्यक्तिको घर स्यानिटाइज, संक्रमणबाट निधन भएका व्यक्तिको शव व्यवस्थापन लगायत गर्भवती महिलाहरुको लागी ट्याम्पू एम्बुलेंस सेवा समेत संचालनमा ल्याई सेवा प्रदान गर्दै आईरहेका छन ।
तालिम केन्द्र युवा कोबिड-१९ एक्सन समुहको सक्रियता र उत्साह देखेर बिराटनगर १५ का नेपाली कांग्रेस जिल्ला सदस्य तथा समाजसेवी राजेश गुप्ताले समेत सहियोग गर्दै समस्यामा परेकाहरुलाई केही राहतको निम्ति संग संगै हाथेमालो गर्दै अगाडी बढीरकेका छन । अहिले उक्त एक्सन समुहलाई राम्रो काम गरेको देखेर स्थानियहरु लगायत बिराटनगर को १५ र १६ नम्बरको वडा अध्यक्ष असलम आलम र मनोज सुब्बाले समेत आफ़्नो व्यक्तिगत तर्फ़ बाट सकेजति सहयोग गरिरहेको एक्सन समुह का अध्यक्ष नरेश लाभले बताएका छन ।