सिम्रौनागढ़ सामाजिक संदेश

जसपाको पाँच दिने आन्दोलन कार्यक्रमको पहिलो दिन बारामा बिरोध प्रदर्शन

Pacharauta covid new -078
Holi Suvarn 078
जसपाको पाँच दिने आन्दोलन कार्यक्रमको पहिलो दिन बारामा बिरोध प्रदर्शन
अनिल पाण्डेय
कलैया बारा
Simraun gadh Covid New -078

जनता समाजबादी पार्टीले सँसद बिघटन असँबैधानिक भएको भनि आज देखि पाँच दिनसम्म आन्दोलनको बिभिन्न कार्यक्रम अन्र्तगत आज बाराको कलैयामा बिरोध प्रदर्शन गरेका छन।

 जनता समाजबादी पार्टीको झण्डा सहित पुुगेका सैयौं नेता तथा कार्यकर्ताहरुले कलैयाको सिद्धेश्वर मा बि बाट निस्केको जुलुस कलैया बजार परिक्रमा गरी भरतचौकमा आई कोण सभामा परिणत हुदै प्रधानमन्त्रि ओली सरकारको कदम असंबैधानिक रहेको भन्दै प्रदर्शन गरेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते सँसद विघटन गरेको भन्दै जनता समाजवादी पार्टीले देशव्यापी आन्दोलनको घोषणा गरेको छ । प्रदर्शनमा जसपा नेताहरुले संसद विघटन असंवैधानिक भएकाले प्रतिनिधि सभा विघटन खारेज हुनु पर्ने माग सहित नाराबाजी गरेका थिए । साथै ऊनीहरु ले राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक भएकोले संसद पुनर्स्थापना नभएसम्म आन्दोलन गर्ने प्रतिबद्धता समेत गरेका थिए। जसपाले भोली कमिटिको बैठक बसेर आन्दोलनका कार्यक्रम तय गर्नुका साथै प्रधानमन्त्री र राष्ट्रपतिको पुत्लादहन सहित संघर्ष गर्ने प्रेस विज्ञपति जारी गर्दै बताएको छन् ।
आज भएको कार्यक्रममा जसपा नेता तथा बिघटित प्रतिनिधि सभा सदस्य रामबाबु यादव, प्रदेस सभासद पारस साह, श्रद्धाशंकर जैसवाल , तत्कालिन समाजबादी पार्टी  जिल्ला अध्यक्ष अजय पटेल, जसपा नेत रामकिशोर यादव, सुशील यादव ,श्याम गुप्ता,संविधान सभा सदस्य प्रमोध गुप्ता,समाजबादी युवा संघ जिल्ला अध्यक्ष सुजित पाण्डेय, पचरौता नगरपािलका का नगर प्रमुख रमेश यादव, जिल्ला समन्वय समिति बाराका उप- प्रमुख पवन व्याहुत लगाएतका पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

 

 

 

 

 

 

सँम्भार:-cinnepal.com

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.