google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

सिमावर्ती एरियामा नक्कली पत्रकारको बिगबिगी

सिमावर्ती एरियामा नक्कली पत्रकारको बिगबिगी

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

पवन शाह
बिराटनगर। महामारीको चेन ब्रेक गर्न जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लगाएको अवस्थामा सर्वसाधारण मान्छेहरु अनावश्यक रुपमा बढी हिलडुल नपाउने हुनाले बिराटनगर नजिक रहेको नेपाल भारत सिमामा पर्ने भारतको जोगबनी सम्म पुग्न लागुऔषध सेवनकर्ताहरु लागुऔषध सेवन तथा ओसार पोसारको निम्ति आफ़ुलाई पत्रकार बताएपछी सजिलै सुरक्षाकर्मीलाई छल्न सकिन्छ भनी पत्रकारहु भन्ने तरिका अपनाई आउने को संख्या बढेको छ ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

निषेधाज्ञा संगसंगै शुक्रवार बिराटनगर १७ को नेपाल भारत सिमा मटियरुवा बाट आफ़ुलाई पत्रकार बताउने तथा नक्कली परिचय पत्र समेत भएका धरानको दुई जनालाई डाईलेक्स डिसी नामक लागुऔषध सहित पक्राउ गरी मुद्दा दर्ता गराएका छन । त्यसै गरी त्यही ठाउमा शनिवार पनि घाटिमा नक्कली परिचय पत्र र क्यामेरा झुण्ड्याएको नक्कली पत्रकार मो. गालिब लाई पनि नेपाल पत्रकार महासंघ मोरङ्ग कार्यसमिती सदस्यले प्रहरीलाई खबर गरी सम्झाई बुझाई पठाएका थिए ।

सोही क्रम्मा सोमवार बेलुकी बिराटनगर १६ को दरैया बाट एकजना युवालाई प्रहरीको भिडियो गर्दै गर्दा प्रहरीले सोधपुछ गरेपछी बिराटनगर घर बताउने वर्ष २२ को ऋजन थापामगरले एक प्रतिस्ठित अनलाईनको पत्रकारहु भनी बताएका थिए तर उक्त संचारमाध्यममा सोधपुछ गर्दा नक्कली भएको ठहर भएको थियो । त्यसै गरी आईतवार बेलुकी ८:३० बजेकै समयमा बिराटनगर १५ को हुलास चौक नजिक आफ़ुलाई पत्रकार बताउने एक जना निर्देश कुईकेल नाम गरेको युवालाई नियंत्रणमा लिएको थियो ।

कोरोना महामारीको कारणले गम्भिर प्रकृतिको अपरध नभइ हिरासतमा राख्दा संक्रमण हुनसक्ने समस्या भएको हुदा त्यस्ता प्रवृतिका व्यक्तिहरुलाई एक पटक सम्झाई बुझाई छाडिदिने गरेको इलका प्रहरी कार्यालय रानीको प्रहरी प्रमुख प्रकाश राउत बताउनुहुन्छ ।

लागुऔषध दुर्वयसनीमा परेका अधिकांश नेपाली युवाहरु लागुऔषध सेवन गर्न जोगबनीको टिकुलिया बस्ति जाने गरेकोमा अहिले निषेधाज्ञाको कारणले नेपाल भारत खुला सिमामा सुरक्षा निगरानी कडा पारेको अवस्था रहेको छ । जसकारण दुर्वयसनीमा परेको युवाहरु जोगबनी सम्म जानकै निम्ती आफ़ुलाई पत्रकार बताउनेहरुको संख्यामा वृद्धि भएको प्रहरीहरु बताउछन । सिमामा खटेको प्रहरीहरु भन्छन सिमा क्षेत्रमा आउने ९० प्रतिशत युवाहरु दुर्व्यसनीमा परेकैहरु हुन्छन । बन्द, हडताल, निषेधाज्ञा, कर्फ़्यू तथा लकडाउनमा पनि विभिन्न बहाना पारेर पारी जान ज्यानै फ़ाल्ने गरेको बताउछन । कतिपयले नर्सरीमा पढ्ने स्कुले बच्चाहरुको परिचयपत्र समेत झुण्डयाई आउने गरेको देख्न सकिन्छ । घाटिमा कार्ड झुण्डयाउने डोरी मात्र देखाएर पनि केही काम बिषेसले आएको भनी सुरक्षाकर्मीहरुलाई छल्न सजिलो हुन्छ भन्ने उध्येश्यले आउने गरेका छन ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0