सिम्रौनागढ़ सामाजिक संदेश

नेपाली बजारमा कालोबजारी बढेकै कारण नेपालीहरु भारत पुग्छन किनमेलको लागी

नेपाली बजारमा कालोबजारी बढेकै कारण नेपालीहरु भारत पुग्छन किनमेलको लागी

Pacharauta covid new -078
Holi Suvarn 078
Simraun gadh Covid New -078

पवन शाह
बिराटनगर / कोरोना माहामारीको क्रम्मा भारत बाट नेपाल आउनेहरुको माध्यम बाट नेपालमा महामारीको प्रभाव नियंत्रण गर्न ०७६ को चैत्र १० गते बाट सिल गरिएको नेपाल भारत मुख्य सिमा लामो समय सम्म बन्द हुदा महामारी संग संगै नेपाली बजारमा बढेको महंगाई र कालोबजारीका कारण जतिनै दुख: पाएपनी दैनिक हजारौ नेपाली उपभोक्ताहरु भारतीय बजार धाईरहेका छन ।

नेपाली बजारमा पाएपनि महंगो मुल्यमा पाउने दैनिक उपभोग तथा अति आवश्यक सामानहरु तरकारी देखी लिएर कपडा सम्मको सामग्रीहरु खरिद को निम्ति नेपाल भारत को अन्य खुला सिमा चेप नालाको बाटो भएरै पनि भारत पुग्ने उपभोक्ताहरुको संख्या धेरै भएपछी त्यसैमा चलखेल गर्ने अवैध कारोवारी र दुई नम्बरी तत्वहरु सक्रिय भइ लागेको हुनाले हिजो माघ ३ गते शनिवार जिल्ला प्रहरी कार्यालय मोरङ्ग र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले भारतीय बजार बाट किनमेल गरी फ़र्किएका सयकडौ सर्वसाधारण नेपाली उपभोक्ताहरुको घरायसी प्रयोजनको सामानहरु समेत प्रहरीले नियंत्रणमा लिएको हो । सिमा सिल हुदा को आस्थामा अहिले नेपाली नागरिकहरु प्रक्रिया नगरी कुनै पनि प्रयोजनको लागी भारत जानु नहुने बताउदै नियन्त्रणमा लीइएको घरायसी प्रयोजनको सामानहरु आवश्यक अनुसंधान गरी इलाका प्रहरी कार्यालय रानी को प्रहरी निरिक्षक दिपक थापाले सम्बन्धीत मान्छेहरुलाई फ़िर्ता दिएका छन ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.