सिम्रौनागढ़ सामाजिक संदेश

उखुबारी बाट सशस्त्र प्रहरीले बरामद गरे दश लाख बराबरको अवैध लताकपडा

उखुबारी बाट सशस्त्र प्रहरीले बरामद गरे दश लाख बराबरको अवैध लताकपडा

Pacharauta covid new -078
Holi Suvarn 078

पवन शाह / बिराटनगर
रातको समयमा अवैध रुपमा चोरी तस्करी गरि भन्सार छली ल्याएको ठुलो परिमाणमा लताकपाडाहरु सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

बिराटनगर १६ मा पर्ने दरैया बस्तिमा उखु बारीको जंगल को फ़ायदा उठाउदै रातको समयमा अवैध रुपमा नेपाल भित्रयाउदै गरेको १७ बोरा कपडा हरु सिमा सुरक्षा बल बोर्डर आउट पोस्ट बखरी बाट खटिगएको प्रहरी टोलीले पक्राउ गरेका हुन । कार्तिक २ गते आईतवार अवैध रुपमा नेपाल ल्याउदै गर्दा पक्राउ परेका कपडा हरुमा कुर्तासुरुवाल सेट ६२१ थान, टप्स ५०४ थान, सुरुवाल २३९ थान गरी १७ वटा बोरा बोरामा रहेको सशस्त्र प्रहरीले बताएको छ ।

Simraun gadh Covid New -078

त्यसैगरी सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बखरी बाटै खटेको टोलीले शुक्रवार राती साढे दश बजेको समयमा सोही ठाउ बाट अन्दाजी मुल्य १ लाख ३९ हजार २ सय रुपैया बराबरको कुर्तासुरुवाल ६० थान, सुट को कपडा ४६ मिटर र सादा कपडा ७० थान कपडा बरामद गरी भन्सार दाखिला गरेका छन ।

अवैध रुपमा ल्याईएको लताकपडा सर सामानहरु खरिद बिक्री गर्दा प्यान भ्याट को झन्झट नभएको हुनाले पनि जतिनै सहज असहज अवस्थामा पनि तस्करहरु सर सामान ओसार पोसारमा सक्रिय रह्नेगरेको देख्न सकिन्छ ।अहिले दशै तिहारको कारणले बजारमा कपडा को मांग बढी रहेको हुनाले तस्करहरु दिन रात नभनि कपडा तस्करी गरिरहेका छन । अहिले उक्त स्थान बाट कपडा जन्य सामग्रीहरु तस्करी गर्ने मुख्य नाईके को रुपमा चिनिमे लिपिस्टिक वाली, हरी यादव र जनार्दन नाम गरेका व्यक्तिहरु सक्रिय रहेको स्थानियहरु बताउछन । कहिले दिउसो त कहिले राति गरी उखु खेतिको फ़ायदा उठाउदै जंगलै जंगलको बाटो भएर दैनिक एक सय देखी तिन सय बोरा सम्म कपडाहरु तस्करी भैइ नेपाल भित्राउने गरेका छन ।

कोरोना महामारीको कारणले देश लकडाउन र नेपाल भारत सिमा सिल हुदा देखी उक्त इलाकामा बाढी आएर डुवान रह्दाको अवस्थामा पनि दरैया को सोही बाटो भएर लिपिस्टिक बाली भनेर चिनिने तस्करको कपडाहरु तस्करि भैइरहेको अवस्थामा प्रहरी तथा सशस्त्रले धेरै पटक पक्राउ गरिसकेका छन ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.