सिम्रौनागढ़ सामाजिक संदेश

कलैया बजार एरियाभित्र रहेको चौपाया नियन्त्रणमा लिई बनभित्र पुर्याउदै

Pacharauta covid new -078
Holi Suvarn 078

कलैया बजार एरियाभित्र रहेको चौपाया नियन्त्रणमा लिई बनभित्र पुर्याउदै

अनिल पाण्डेय
कलैया बारा
Simraun gadh Covid New -078
पशु चौपाया सँरक्षण समिति नेपालमा हुदा हुदै पनि नेपालको गाँउघर तथा शहरहरुमा बाटोहरुमा नै चौपायाहरु खुल्ला रुपमा देख्न पाईएको छ। जस्को फलस्वरुप दिनहु दुर्घटना हुने गरेको पाईन्छ।
कलैया बजार एरियाको बाटोहरुमा पनि चौपायाहरु खुल्मखुल्ला छरिएर रहेको दस वटा घोडा र नौ वटा गाईको बाछालाई कलैया ट्राफिक कार्यालय र कलैया उपमहानगर पालिकाको कार्यालयको सहकार्यमा नियन्त्रणमा लिईएको छ। नियन्त्रणमा लिईएको खुल्ला चौपायाहरुलाई कलैया नगरपालिकाको कार्यालयनिर जम्मा गरी खान सुबिधा दिईएहेको थियो। सधै भरि खान सुबिधा उपलब्ध गराउन नसकिने भएकोले ति खुल्ला चौपायाहरुलाई निजगढ नगरपालिकाको बकैया खोलाको जँगलमा लगि छोडिदिने भनि कलैया ट्राफिक कार्यालयको सई नवलकिशोर साहले जानकारी दिनुभएकोछ।
बजार एरियामा खुल्ला चौपायाहरुले गर्दा धेरै नै दु:ख दिने तथा दुर्घटनाको सम्भवना बदि रहेकोले ति चौपायाहरुलाई खुल्ला जँगलमा छाडि कलैयालाई खुल्ला चौपाया मुक्त गर्न खोचिएको हो र कलैया उपमहा नगरपालिकाले ट्राफिक साधनहरु उपलब्ध गराएमा एक हप्तामा नै कलैयालाई ट्राफिक ब्बवस्थित गरिदिने तर नगरपालिकामा दुई चोटी निबेदन दिदापनि कुनै चासो नलिएको गुनासो पनि ट्राफिक सई साहले गर्नुभएको छ।

 

सँम्भार:-cinnepal.com

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.