सिम्रौनागढ़ सामाजिक संदेश

जिल्ला स्तरीय रक्तदान कार्यक्रम कलैयामा सम्पन्न

Pacharauta covid new -078
Holi Suvarn 078
जिल्ला स्तरीय रक्तदान कार्यक्रम कलैयामा सम्पन्न
अनिल पाण्डेय
कलैया बारा
Simraun gadh Covid New -078
समुदाय-प्रहरी साझेदारी अन्तर्गत जिल्ला प्रहरी कार्यालय बारा र समुदाय-प्रहरी साझेदारी बारा कलैयाको संयुक्त आयोजनामा कलैयाको भरतचौकमा सम्पन्न भएको छ।
रक्तदान कार्यक्रममा ७ प्रहरी कर्मचारी सहित 
 ४ जना महिला र ४६ जना पुरुष गरी जम्मा ५० जना मानिसहरुले रक्तदान गरेको थिए।  रक्तदान गर्ने व्यक्तिहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो।
 प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका  कार्यालय प्रमुख कृष्ण प्रसाद पगेनी  लगायत सामुदायिक प्रहरी सेवा केन्द्रको अध्यक्ष महम्द सगिर, सचिव जंग बहादुर यादव, बारा उद्योग बाणिज्य संघको महासचिव राज कुमार साह र महिला तथा बालबालिका संस्थाको अध्यक्ष बविता जैसवाल समेतको सहभागितामा जिल्ला स्तरीय रक्तदान कार्यक्रम सम्पन्न भएको जानकारी जिल्ला प्रहरी कार्यालय बाराले दिएको छ।

 

सँम्भार:-cinnepal.com

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.