सिम्रौनागढ़ सामाजिक संदेश

कलैयामा चिसो संगै प्रदुषण र जिवजन्तु को जिवन कष्टकर बन्दै

Pacharauta covid new -078
Holi Suvarn 078

कलैया, बारा।

Simraun gadh Covid New -078

कलैयामा चिसो संगै प्रदुषण पनि बढदै गएकोले सर्वसाधारण जनतालाई दुःख खेप्नु परेको बारा जिल्लाको सदरमुकाम कलैयाका पसलेहरुले बताएका छन्। तराईको पुर्वी जिल्लाहरूमा चिसोले कठ्याङ्ग्रिएर चार जना को ज्यान गएको छ।

त्यस्तै अब बारामा पनि बढदै गएको चिसोले कठ्याङ्ग्रिएर सर्वसाधारण जनताले काठ दाउरा नपाएर टायर, पलास्टिक तथा अन्य कुराहरू बालेर चिसो बाट बाच्नका लागि प्रयास गरिरहेका छन्। जबकि त्यस्ता कुरा जलाउदा कार्बनमोनोअक्साड उत्पन्न हुने गर्दछ जसले अक्सिजन बाट बाच्ने हरेक जिवको लागि निकै नै हानिकारक हुन्छ।

यस्ता गतिविधि रोक्नका लागि स्थानीय निकायको ध्यान दिनुपर्ने कुराहरू रहेको सर्वसाधारण जनताले सुझाव दिएका छन्। समयमा यस्को बारेमा ध्यान पुर्याइएन भने बातावरण निकै प्रभावित भएर मानव जीवनमा संकट उत्पन्न हुन सक्ने सम्भावना रहेको सर्वसाधारण जनताले औल्याइ रहेका छन्।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.