सिम्रौनागढ़ सामाजिक संदेश

बिराटनगर जुटमिलको संरक्षण गर्न मजदूरहरुद्वारा चेयरमैन विरुद्ध बिरोध प्रदर्शन

बिराटनगर जुटमिलको संरक्षण गर्न मजदूरहरुद्वारा चेयरमैन विरुद्ध बिरोध प्रदर्शन

Pacharauta covid new -078
Holi Suvarn 078

पवन शाह
बिराटनगर / बन्द अवस्थामा रहेको बिराटनगर जुटमिल को चेयरमैन बसन्त बन को तर्फ़ बाट जुटमिलको लाईन क्वाटरहरुमा बसेको मजदूरको परिवारलाई पुरानो संरचना भत्काई नया संरचना बनाउने बिषयलाई लिएर पत्राचार गरेपछी सोही जुटमिलको क्वाटरमा बस्ने मजदूरहरु आज बिहान देखी जुटमिल को गेठमा धर्नामा बसेर बिरोध गरेका छन ।

Simraun gadh Covid New -078

नेपाल र नेपाली जनताको धरोहरको रुपमा हरेको आर्थिक वर्ष ०६५/६६ मा बन्द भएपछी पुनः जुटमिल संचालनमा आउछ कि भनि आसमा बसेको बिराटनगर जुटमिलको लाईन क्वाटरमै ८० वर्ष देखी बस्दै उक्त जुटमिलमा मजदूर भैइ काम गर्दै आएको परिवारहरुलाई बेघर बनाउने प्रयास जुटमिलको चेयरमैन द्वारा भैइरहेको कुराको बिरोध गर्दै मजदूरका परिवार समेत आन्दोलित भएका हुन ।

लगभग १२ सय परिवारहरु बस्दै आएका जुटमिलको लाईन क्वाटरहरुमा मजदुरहरुको परिवार संख्या बढ्दै गरिरहेको हुनाले मजदुरहरु बसेकै ठाउमा घर अथवा गोठ बनाएको भनि बिराटनगर जुटमिल को चेयरमैन को तर्फ़ बाट उक्त क्वाटरहरु ७ दिन भित्र खालि नगरे कानुम बमोजिम कार्वाही गरिने चेतावनी सहित पत्र पठाएका छन ।

जुटमिलको क्वाटरहरुमा बसेको मजदुरहरु बेघर नबाईयोस, मजदूरका परिवारहरु माथी प्रहरी दमन नहोस, जुटमिल भित्रको समानहरु बेचिने क्रम बन्द होस, भुमाफ़ियाको चलखेलमा राज्यको एतिहासिक जुटमिलको जग्गा नबेचियोस र बन्द जुटमिल चालु गर भनि नारा लिएर जुटमिलको गेठमा बसेर बिरोध प्रदर्शन गरेका हुन । उक्त बिरोध प्रदर्शनमा नेपाली कांग्रेस मोरङ्ग जिल्ला सदस्य राजेश गुप्ता, बिराटनगर १५ का वडा अध्यक्ष मो. असलम आलम, रुस्तम अली, लाल बाबु पासवान, अम्मर बहादूर श्रेस्ठ, ज्ञान बहादुर राई र पदम सुब्बा लगायले धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै मजदूरहरुको तर्फ़ बाट बोल्नुभएको थियो ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.