रौतहटको गरुडा न . पा-२ मा एक शव बरामद
बिकाश पाण्डे // रौतहट // भाद्र २० गते



- रौतहटको गरुडामा शनिबार बिहान एक मृत अबस्थामा शव भेटिएको छ । शुक्रबार दिउसो देखि बेपत्ता भएका गरुडा—२ का स्थानिय रामचन्द्र सहनीका ५५ बर्षिय छोरा जगदीश सहनीको लास शनिबार चाँदी नदिको किनारमा फेला परेको हो । स्थानियले सो खोलामा ब्यक्तिगत कामले जादा खोला किनारमा लासलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक सहनीको मानसकि सन्तुलन ठिक नभएकाले खोलामा डुबेर मृत्यु हुन सक्ने स्थानियले अनुमान गरेका छन । प्रहरीले खबर पाउन साथ इलाका प्रहरी कार्यालय गरुडाको टोली पुगेर सो लासको पोष्टमार्टम गर्नको लागी गौर अस्पताल लगिएको सोही वडाका वडाध्यक्ष बिसुनदेव सहनीले बताउनु भयो ।
- साभार :- CINNEPAL