सिम्रौनागढ़ सामाजिक संदेश

वैश्य युवा संघ मोरङ्गद्वारा प्रनाउ गौतमको बिदाई गर्दै

वैश्य युवा संघ मोरङ्गद्वारा प्रनाउ गौतमको बिदाई गर्दै

Pacharauta covid new -078
Holi Suvarn 078

 

पवन साह

Simraun gadh Covid New -078

बिराटनगर / प्रदेश एकको राजधानी बिराटनगरमा आउनु भएका वडा प्रहरी कार्यालय (क) का प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक बेद प्रसाद गौतम ज्युलाइ आज वैश्य युवा संघ मोरङ्गद्वारा बिदाइ गरियो।

उहाँ बिराटनगर आए देखि नै बिराटनगरको जनताको मन जित्न सफल हुनु भएको थियो। उहाँले आफ्नो पन्ध्र महिनाको कार्यकालमा विभिन्न किसिमको कार्यक्रम गरि लागुप्रदार्थ दुर्ब्यषनी देखि कोरोना भाइरसको जटिल परिस्थितिमा आफ्नो ज्यानको प्रवाह नगरी जनताको सेवामा अहोरात्र निडर भैइ खटिरहनु भएको बेदप्रसाद गौतमज्यु तथा इन्सपेक्टर विकास राइ ज्युको कार्य प्रती हामी अत्यन्तै प्रभावित भएका छौ। उहाँहरुको जति प्रसंशा गरेपनि हाम्रो लागि कमै हुनेछ ।आफ्नो घरवार छोडेर जनताको सेवा हमेसा तत्पर रहि कार्य गर्दै आइरहनु भएका साथै सामाजिक कार्यमा पनि हमेसा अग्रपंक्तिमा कार्य गर्दै माक्स बितरण होस या हाम्रो निशुल्क खाना खुवाउने अभियानमा पनि सक्रिय भुमिका निर्वाह गर्दै आउनु भएका बेद प्रसाद गौतम ज्युको बिराटनगरबाट उदयपुर सरुवा हुनु भएकोमा उहाँलाई सफल कार्यकालको बधाई तथा शुभकामना व्यक्त गर्दै नेपाल वैश्य युवा संघद्वारा उहाँकै कार्यकक्षमा सहभागी भैइ बिदाइ गर्न पाउदा अत्यन्तै गर्व महसुस गर्दछौ। उहाँ जहा गए पनि जनताको मन जित्न सफल हुनुहोस् भन्ने कामना गर्दछु।भगवान पशुपति नाथले हमेसा कल्याण गरुन्। नेपाल वैश्य युवा संघ मोरङ्ग सल्लाहकार तथा बिराटनगर वार्ड 6 को सदस्य सन्तोष साह,अध्यक्ष गणेश साह,उपाध्यक्ष दिपेन्द्र स्वर्णकार,सचिव प्रेम नाथ गुप्ता ,कोषाध्यक्ष डाक्टर शिवशंकर साह,सक्रिय सदस्य तुलसी साह,आदित्य साह तथा हिन्दू परिषद् नेपाल मोरङको अध्यक्ष कैलाश मण्डल लगायत सहितको उपस्थितिमा बिदाइ कार्यक्रम सम्पन्न भएको थियो ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.