सिम्रौनागढ़ सामाजिक संदेश

यो कस्तो नियम बनायौ सरकार ? :-सलिना मियां

Pacharauta covid new -078
Holi Suvarn 078
Simraun gadh Covid New -078

यो कस्तो नियम बनायौ सरकार
कागजमा उतारिन्छ तर व्यबहार मा उतारिदैन किन
भन्नत सबैले भन्छन् मेरो देश सब जातजाति को सुन्दर फुलबारी
तर त्यहि देशमा धर्म विच किन बिभाद सरकार
भन्नत सबै धार्मिक स्थललाई संरक्षण गरौं भन्छौ तर
पुस्तौ देखि देखिएको धर्मस्थान लाई क्षतिग्रस्त गरि हटाउन खोजिन्छ किन
यो कस्तो नियम बनायौ सरकार
कागजमा उतारिन्छ तर व्यबहार मा उतारिदैन किन
धर्म निरपेक्षता भएको देश भन्छौ सरकार तर
धर्मको धार्मिक स्थलनै बिनाश गर्ने कोशिश गरियो किन
मुस्लिम समुदायको सदासाहयता लाई किन कमजोर ठान्छौ सरकार
आ-आफ्नो धर्म स्थल सबैलाई प्यारो लाग्छ भनेर बिर्सिन्छौ किन
यो कस्तो नियम बनायौ सरकार
कागजमा उतारिन्छ तर व्यबहार मा उतारिदैन किन
सबैको चाडपर्व एउटै हो भनेर किन बुझ्दैनौ सरकार
कसैको पर्वमा कोरोनानै नहुदा पनि बन्द गरेर राखेउ
कसैको पर्वमा यति महामारी फैलिदा पनि अँखा खोल्दैनौ किन
राम्रो काम गर्नेलाई गलत ठानी सजाय दिन्छौ सरकार तर
अपराधीको चाहिँ सोध खोज पनि गरिदैन किन
यो कस्तो नियम बनायौ सरकार
कागजमा उतारिन्छ तर व्यबहार उतारिदैन किन
बहुमत को कुर्सीमा बसेर धार्मिक स्थलको संरक्षण गरेको खोइत
आफै धामी आफै झक्री बन्ने यस्तो लाई पनि नियम भन्छ र सरकार
यस्तो समसामुहिक धरना लाई पनि गम्भीरतामा लिदैनौ किन
अपराधी को खोजी गर्दैनौं भने हामी आन्दोलन मा उत्रिन तयार छौ सरकार
यो कस्तो नियम बनयौ सरकार
कागजमा उतारिन्छ तर व्यबहार मा उतारिदैन
धर्म निरपेक्षता देश भनी घोषणा गर्छौ नै किन
यदि नियमलाइ व्यबहारमा उतार्दैनौ भने कागज मा मात्र लेखेर के गर्छौ सरकार
नेताहरू लाई हल्का चोट लाग्दा चाहिँ आन्दोलन गर्नुपर्ने
धार्मिक स्थललाइ नै हटाउन खोज्दा चाहिँ बहिरो बन्छौ किन
धर्मको नाममा कसैलाई पनि हस्तक्षेप गर्न पाइदैन सरकार
आ-आफ्नो धर्मको सबैलाइ उत्तिकै महत्त्व हुन्छ सरकार
यो कस्तो नियम बनायौ सरकार
कागजमा उतारिन्छ तर व्यबहार मा उतारिदैन किन..

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.