सिम्रौनागढ़ सामाजिक संदेश

४० डिग्रीको घाममा सुरक्षाकर्मिलाई धम्कीको दुई शब्द, माथी सम्म पहुच छ मेरो

४० डिग्रीको घाममा सुरक्षाकर्मिलाई धम्कीको दुई शब्द, माथी सम्म पहुच छ मेरो

Pacharauta covid new -078
Holi Suvarn 078
Simraun gadh Covid New -078

पवन शाह
बिराटनगर / संकटकाल, महामारी, दुर्घटना या अन्य कुरा जे जस्तो परिस्थितिमा पनि अग्रपंक्तिमा रहेर जनसेवाको भावना बोकेर खटिने सुरक्षाकर्मिहरुलाई नियम बिपरित कार्य गर्नेहरुले १०/२० मिनेट दुख: पाएको झोकमा पहुचवालाको मान्छे हु भनि धम्क्याउने क्रममा सुधार नआएको देखिन्छ ।

पहिलेको भन्दा अहिले कोरोना महामारीको अवस्थाले गर्दा देश संकट ग्रस्त छ । सबै तिर सर्वसाधारणको लागी सरकारले बिकल्प पनि खुला गरेकै हो तर यस्तो अवस्थामा पनि नियम बिपरित कार्य गरेर आफ़्नै देशको सुरक्षाकर्मिहरुलाई धम्क्याउने प्रवृति को संस्कार दिनदिनै बढ्दै गैइरहेको छ । कोरोना महामारीले गर्दा अहिले सम्म नेपाल भारत सिमा नाकाहरु सिल रहेको अवस्था छ । जस बाट भारत संग सरोकार राख्ने धेरै नेपालीहरु समस्यामा परेका छन । सिमावर्ति ठाउमा बसोबास गर्नेहरुको आफ़्नै समस्या छ । तर समय तथा समस्याहरुको गम्भीरता नबुझेर शिक्षित घर परिवारकै राम्रो माहोलमा हुर्किएका सन्स्कारी परिवार र समुदायका व्यक्तित्वहरु पनि आफ़्नो सहुलियतको निम्ती नियम बिपरित कार्य गरेर नेता, मन्त्री, सचिब, ठुलो दर्जाको प्रहरी अफ़सरहरु तथा आफ़्नो चिनजानको जो कोहि को पनि नाम सस्तो मुल्यमा बिक्नेगरेको हो । घाम, पानी, बर्खा, रात, दिन, सर्प, मच्छर, कमिला, बिच्छु , किरामाकुरा को वास्ता नगरी बिभागले खटाएको ठाउमा कुनै बहाना नगरी आफ़्नो घरपरिवारलाई बिर्सेर सबैलाई सुरक्षाको प्रत्याभूति गराउने सुरक्षाकर्मिहरुलाई रोकेर सम्झाएकै भरमा धम्की गाली दिने गर्नेहरुलाई त्यहाका सुरक्षा कर्मिहरुले केही कार्वाही गर्दैनन। सुरक्षाकर्मि भन्छन हामिलाई सुन्दै सुन्दै बानि परिसकेको छ । त्यही ड्युटीमा खटेका सुरक्षाकर्मिहरु बाट कुनै पहुचवालालाई दुख: भएछ भने सुरक्षाकर्मिहरु स्पस्टिकरण र विभागीय कार्वाहिको लागी तयार नै रहन्छन । कहिले काही दुईतिर बाट सोच्ने हो भने सुरक्षाकर्मिहरुको लागी मानव अधिकार नै हुदैनन जस्तो पनि लाग्छ । धेरै ठाउमा त ठुला दर्जाका प्रहरी अधिकृतहरुले आफ़्नो फ़ायदा र स्वार्थको निम्ती सानो दर्जाको प्रहरीलाई निलम्बन समेत गर्नेगरेको देख्न पाईन्छ ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.