सिम्रौनागढ़ सामाजिक संदेश

तस्करीको भैंसी सहित मानिस पक्राउ

Pacharauta covid new -078
Holi Suvarn 078
तस्करीको भैंसी सहित मानिस पक्राउ
अनिल पाण्डेय
कलैया बारा
Simraun gadh Covid New -078
हिजो राति ११ः३० बजेको समयमा तस्करी गरि ल्याईरहेको ६ वटा भैंसि सहित तस्कर र पिकअप गाडि सहित बारा प्रहरीले पक्राउ गरि नियन्त्रमा लिएको छ।
 जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा जिल्ला बारा कलैया उप महानगरपालिका वडा नं. ६ स्थित सडकमा जिल्ला बारा प्रसौनी गाउँपालिका वडा नं.५ बस्ने सुकेश्वर राय भरले चलाई ल्याएको ना ५ च ३२८६ नम्बरको पिकपमा भारतबाट भन्सार छली पैठारी गरी ल्याईरहेको रु  १ लाख २० हजार बराबरको भैंसी ६ वटा फेला पारी नियन्त्रणमा लिईएको जिल्ला प्रहरी  कार्यालय बाराले जनाएको छ।
नियन्त्रणमा लिईएको  भैसी तथा अं. मुल्य रू.९ लाख पर्ने पिकअप गाडी सहित चालक सुकेश्वर राय भर समेतलाई भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि आज भन्सार कार्यालय वीरगंज पर्सामा पठाइएको   जानकारी जिल्ला प्रहरी प्रबक्ता गौतम मिश्रले दिएकाछन।

 

सँम्भार:- cinnepal.com

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.