सिम्रौनागढ़ सामाजिक संदेश

स्कुल अफ डेमोक्रेसी संस्था को जनकपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

स्कुल अफ डेमोक्रेसी संस्था को जनकपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन स्कुल अफ डेमोक्रेसी संस्था को जनकपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

Pacharauta covid new -078
Holi Suvarn 078

जनकपुरधाम/स्कुल अफ डेमोक्रेसी नामक संस्थाले जनकपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। कोरोना महामारीमा सर्वसाधारणलाई उपचार गराउन कठिन भइरहेको बेला स्कुल अफ डेमोक्रेसीको कोभिड–१९ क्विक रेस्पोन्स टीमले शनिबार जनकपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो।

जनकपुरधाम उपमहानगरपालिका–१ मुसहरी टोलमा सञ्चालन गरिएको शिविरमा १४७ जना स्थानीयले स्वास्थ्य परीक्षण गराएको स्कुल अफ डेमोक्रेसीका सदस्य राकेश विक्रम साहले जानकारी दिए।

कोरोना महामारीका कारण सामान्य बिरामीहरूले समेत अस्पतालमा उपचार पाउन कठिनाइको सामना गर्नु परेकोले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको साहले बताए। मुसहरीमा अधिकांश दलित समुदायको बसोबास रहेकोले उनीहरूलाई लक्षित गरेर शिविर सञ्चालन भएको उनको भनाइ छ।

शिविरमा स्वास्थ्य परीक्षण गराउन आएकाहरूलाई निःशुल्क औषधि, प्याथोलोजि जाँच तथा चिकित्सकीय परामर्श दिइएको स्कुल अफ डेमोक्रेसीका अर्का सदस्य दीपक ठाकुरले जानकारी दिए।

Simraun gadh Covid New -078

शिविरमा डा. शरद यादव, डा. विपिन यादव, डा. अभिजित साह, डा. सज्जन ठाकुर, डा. मनिषा भारद्वाज, डा. विकासकुमार साह, डा. सन्तोष साह, डा. विजयकुमार साहलगायतका चिकित्सकहरूले स्वास्थ्य परीक्षण गरेका छन्।

कोरोना महामारीमा सर्वसाधारणलाई सहयोग गर्न स्कुल अफ डेमोक्रेसीको क्विक रेस्पोन्स टीमले सर्वसाधारणलाई एम्बुलेन्स सेवा प्रदान गर्नुका साथै समस्या परेकोबेला निःशुल्क परामर्श, उपचार गराउँदै आइरहेको छ।

स्कुल अफ डेमोक्रेसीलाई कोभिड संकटमा सर्वसाधारणलाई सहयोग गर्न नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवले ५० हजार नगद सहयोग गरेका छन्। यसैगरी जनकपुरस्थित लायन्स क्लबले मास्क, सेनिटाइजर, पिपिईलगायतका सुरक्षा सामग्री उपलब्ध गराएको छ।

आपतकालीन निःशुल्क स्वास्थ्य शिविर अभियानद्वारा रक्तदान जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ ले सञ्चालन गरेको आपतकालीन निःशुल्क स्वास्थ्य शिविर अभियानले रक्तदान कार्यक्रम गरेको छ।

रेडक्रस धनुषामा देखिएको रगत अभावलाई मध्यनजर गरी वडाध्यक्ष जानकीराम साहको पहलमा सञ्चालन भएको अभियानले रक्तदान कार्यक्रम गरेको हो। कोरोना महामारीबीच आवश्यक्ता परेको बिरामीलाई रगत अभाव हुननदिन रक्तदान कार्यक्रमको आयोजना गरिएको वडाध्यक्ष साहले बताए।

कार्यक्रममा महिला तथा पुरुष गरी ५० भन्दा बढी स्थानीयले रक्तदान गरेको उनले बताए। अभियानअन्तर्गत साताको दुईदिन शुक्रबार र शनिबार निःशुल्क स्वास्थ्य जाँचसमेत भइरहेको वडाध्यक्ष साहले जानकारी दिए।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.