google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
प्रहरीकै सँरक्षणमा खुल्ला मदिराभट्टि सञ्चालन
अनिल पाण्डेय
कलैया बारा
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
शान्ति सुरक्षाको जिम्मेवारी पाएको नेपाल प्रहरीले बाराको महागढीमाई नगरपालीका वडा नम्वर १० गँजभवानिपुरमा खुल्ला मदिरा भट्टि आफ्नै सँरक्षणमा सँचालन गराईरहेको कुरा बाहिर आएको छ। गँजभवानिपुरमा अहिले एक दर्जनभन्दा बदि खुल्ला मदिरा भट्टि सँचालनमा रहेको छ।
गँजभवानिपुर प्रहरी चौकिका ईन्चार्ज सई रामउदय शर्माले आफ्नो एरियाभित्र खुल्ला मदिरा भट्टी सँचालन गर्न अनुमति दिएर मासिक मोटो रकम नजराना उठाउने गरेको स्थानियहरु बताएकाछन। भट्टी सँचालकहरुलाई गँजभवानिपुरको चौकिबाट कुनै समस्या नहुने तर जिल्लाबाट आएको टोली आएमा हामि केही नगर्ने निर्देशन समेत सई शर्माले दिएको नाम उल्लेख नगर्ने सर्तमा एक भट्टी सँचालकले जानकारी दिएकाछन।
महागढीमाई नगरपालीकाको वडा नम्वर ३ र १० मा रामाधार जैस्वाल , हिरदे राम,रामाघार राम,बच्चु जैस्वाल,अस्पताली राम र दशरथ राम लगायतका ब्यक्तिहरुले आफ्नै घर गोठमा खुल्ला मदिरा उत्पादन गरीरहेको जानकारी प्राप्त भएकोछ। खुल्ला मदिरा उत्पादन गरी खुलेयाम साईकल,मोटरसाईकल र टेम्पुबाट बरियारपुर बजार एरिया, गँजभवानिपुर एरिया, कलैया उपमहानगरपालीकाको बजार एरिया, बिजुलपुर एरिया, बघवन एरिया लगायतको ठाउमा रहेको मदिरा बेच्ने होटलहरुमा पुर्याउने गरेको पाईएको छ।
गँजभवानिपुर चौकि ईन्चार्ज सई रामउदय शर्मासँग फोनमा कुरा गर्दा सईलाई ब्लाकमेल गर्न खोज्नु भएको हो कल डिटेल निकालि कर्वाहि गर्छु।कहिले सुराकि दिनु भएको हो भनि उल्टो गुनासो गर्नु भएको हो। यहाँ घरेलु मदिरा भट्टी सँचालनमा छैन। कसै कसैले आफु खानको लागि मात्र बनाउने गरेकाछन।सर्बोच्च अदालतबाट नै दस लिटरसम्म बनाउने छुट भएकाले उनिहरुले केहि गर्न नमिल्ने पनि जानकारी समेत शर्माले दिनुभएकोछ।
सई शर्मा गँजभवानिपुरका ठुला ब्यापारीसँग मिली राजश्व छलिको मालसमान तस्करी पनि गराईरहेको र यँहाबाट नेपालको बिभिन्न बजारसम्म पनि खुलेयाम बिक्रिबितरन गरी गराईरहेको स्थानिय समाजसेविले आरोप लगाएकाछन। चोरी तस्करी र अपराधिक क्रियाकलाप नियन्त्रणको जिम्मा लिएर समाजमा शान्ति सुरक्षा स्थापना गर्ने जिम्मेवारी छाडी गैरकानुन कार्यमा साथ दिनु देखेर स्थानियहरु चिन्तित बनेका छन।
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
सँम्भार:- cinnepal.com
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0