सिम्रौनागढ़ सामाजिक संदेश

वीरगञ्जमा निर्मित शहीद स्मारक अनावरण फागुन ८ गते गर्ने जसपाको निर्णय

Pacharauta covid new -078
Holi Suvarn 078

वीरगञ्ज ४ फागुन । जनता समाजवादी पार्टीले फागुन ८ गते एक औपचारिक कार्यक्रम विच वीरगञ्जमा निर्मित शहीद स्मारकको अनावरण गर्ने भएको छ । वीरगञ्ज महानगरपालिकाको मूख्य चोक घण्टाघर नजिकै निर्मित मधेस आन्दोलनमा सहादत प्राप्त गरेका शहीदहरुको योगदानलाई कदर गर्दै उनीहरुको सम्झनामा निर्मित शहीद स्मारकको अनावरण फागुन ८ गते शनिबारका दिन गर्ने जसपा क्षेत्र नम्बर १ का नेता कार्यकर्ताहरुको बैठकले निर्णय गरेको हो । पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद्) प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीको संयुक्त लगानीमा स्मारकको निर्माण गरिएको छ ।

विक्रम सम्वत् २०७२ मा भएको तेस्रो मधेस आन्दोलनका क्रममा वीरगञ्जमा प्रहरीको गोली लागेर मृत्यु भएका ८ जना शहीदहरुको सम्झनामा स्मारक र शालिक निर्माण गर्न ४८ लाख रुपैयाँ खर्च गरिएको छ । स्मारक निर्माणका लागि सांसद् यादवले आफ्नो संसदीय विकास कोषबाट २८ लाख रुपैयाँ र नगरप्रमुख सरावगीले महानगरबाट २० लाख रुपैयाँ बजेट विनियोजन गरेको संसदीय प्रतिनिधि घनश्याम यादवले जानकारी दिए ।

Simraun gadh Covid New -078

स्मारकको सांसद् यादव र नगरप्रमुख सरावगीले संयुक्त रुपमा अनावरण गर्ने प्रतिनिधि यादवले बताए । संविधान घोषणा विरुद्ध विक्रम सम्वत् २०७२ मा भएको तेस्रो मधेस जन आन्दोलनको क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका सोहन साह कलवार, दिलिप चौरसिया, दिनानाथ साह गोढ, धर्मराज सिंह राजपुत, जय प्रकाश साह, सत्रुधन पटेल र आशिष रामको स्मारकमा शालिक निर्माण गरिएको छ ।

उनीहरुमध्ये आशिष राम भारतीय नागरिक हुन् । वीरगञ्जबाट सिमावर्ती भारतीय शहर रक्सौल जाने क्रममा उनको शंकराचार्य द्वार नजिकै प्रहरीको गोली लागेर मृत्यु भएको थियो । बैठकले अनावरण कार्यक्रमका लागि प्रदेशसभा सदस्य जनत अन्सारीको संयोजकत्वमा ५१ सदस्यीय मुल तयारी समिति गठन गरेको छ । त्यसैगरी समाजवादी विद्यार्थी युनियनका पर्सा जिल्ला अध्यक्ष एजाजबाबु रांकीको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति गठन गरिएको जनता समाजवादी पार्टी पर्साका सचिव तबरेज अहमदले जानकारी दिए ।

बैठकलाई सम्बोधन गर्दै सांसद् यादवले वीर शहीदहरुको रगतले प्राप्त भएको आन्दोलनका उपलब्धी अहिले धरापमा परेको बताउँदै दु:ख व्यक्त गरेका थिए । देशको विषम राजनितिक अवस्था देखेर शहीदहरुको सपनाले सार्थकता पाउँनेमा आशंका व्यक्त गर्दै जनता समाजवादी पार्टीका केन्द्रिय सदस्यसमेत रहेका यादवले शहीदका परिवार तथा आन्दोलनका घाइतेहरुको व्यवस्थापन गर्न सरकारले तदारुकता नदेखाएको आरोप लगाएका थिए । बैठकमा प्रदेशसभा सदस्य करिमा बेगम, जसपा पर्साका उपाध्यक्ष बासुदेव यादव, पर्सा क्षेत्र नम्बर १ भित्र पर्ने १९ वटा वडाका इकाई अध्यक्ष, क्षेत्र नम्बर १ का जिल्ला सदस्य, विगतमा निर्वाचन लडेका अगुवा कार्यकर्ता लगायतको उपस्थिती रहेको सचिब अहमदले बताए ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.