सिम्रौनागढ़ सामाजिक संदेश

कलैया उपमहानगर पालिका वार्ड ३ भवानिपुरमा राधाकृष्ण मंदिर शिलान्यास 

Pacharauta covid new -078
Holi Suvarn 078
कलैया उपमहानगर पालिका वार्ड ३ भवानिपुरमा राधाकृष्ण मंदिर शिलान्यास 
रमेश साह
कलैया बारा
बाराको कलैया उपमहानगर पालिका वार्ड:-३ भवानिपुरका स्थानिय बासीलाई कुनै दाता वा कुनै बजेट उपलब्ध नभएपछि आफै गाँउबासि मिली राधाकृष्ण मंदिर निर्माण गर्ने आर्थिक सहयोग जुटाई मंदिर शिलान्यास गरेकाछन। राधाकृष्ण मंदिर बनाउन झन्डै चालिस लाख लाग्ने भएपनि कहि कतै बाट अहिलेसम्म आर्थिक सहयोग नभएपनि गाँउबासीले आफै लागिपरेको छन। जसको फलस्वरुप आज मंदिर शिलान्यास गरेकाछन।
अहिलेको समयमा स्थानिय सरकार , प्र​देस​ सरकार ,सँघिय सरकार तथा प्र​देस सभासद​ र प्र​तिनिधि सभासदहरुलाई आ-आफ्नो  क्षेत्र​ बिकास गर्न सँघिय सरकारबाट बजेट निकासा आईरहेकौ हुन्छ। तर सँघिय सरकारबाट आएको बिकास निर्माण कार्य हेतुको बजेट कमिसनको खेलमा पिसिन्छ र कमिसनकै भरमा नै बजेट मठ मंदिर र अरु बिकास निर्माणमा बाडिन्छ। समाज चाहे जे पनि गर्न सकिन्छ। समाज राम्रो छ भने समाजको परिवर्तन गर्न सकिन्छ। सहि दिशा दिन नै समाज चाहिन्छ भनि नेकपाको कलैया नगर सचिव मुकेश साहले आफ्नो मन्तब्य दिनुभएकोछ।
Simraun gadh Covid New -078
 शिलान्यास कार्य​क्र​म​को अध्यक्षता सुर्य बहादुर राउत कुर्मीले गर्नु भएको थियो। राधाकृष्ण मंदिर उपभोक्ता समिती अध्यक्षमा सुर्य बहादुर राउत कुर्मी, सचिवमा रमोद प्रसाद यादव, कोषाध्यक्षमा प्रमशिला, देबि सदस्यमा भरोष कुश्वाहा र मुना गुप्ता चयन भएका छन।
राधाकृष्ण मंदिरको कलैया उपमाहानगर पालिकाको वडा नम्बर ३ का समाजसेवी  शिलान्यास ब्रहदेव कुश्वाहाले गर्नुभयो भने पुजा पंडित सुबोध पान्डेले गराउनुभएको थियो।
 शिलान्यास कार्य​क्र​म​मा समाजसेवी महेश गुप्ता,नेकपाका नगर सचिव मुकेश साह, नेकपाको जिल्ला सदस्य रमेश साह,जादोलाल साह,प्यारेलाल साह,श्यामसुन्दर साह, दिनेश साह ,भरत यादव लगायतको उपस्थित रहेको थियो।

 

सँम्भार:-cinnepal.com
Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.