अनिल पाण्डेय
कलैया बारा

बाराको कोलहबी नगरपालिका ,नयाबस्ती क्षेत्र अन्तर्गत रहेको मधुबन सब डिभिजन बन कार्यलयको कर्मचारीको लापरबाहीले त्यस क्षेत्रबाट व्यापक काठ तस्करी भईरहेको पाईएको छ । मधिबन सब डिभिजन नयाबस्ती अन्तर्गत जैतापुर ,पसहा ,ककडी प्रसौना , मोधबन लगायत पाँच वटा पोष्ट भएपनी कार्यरत कर्मचारीहरुको लापरबाहीले त्यस क्षेत्रबाट दिउँसो रुख कटानी ,काठ तस्करी भैइरहेको समाचार प्राप्त भएको छ । सब डिभिजन कार्यालयका कार्यरत कर्मचारीहरु खाना खाएर दिनभरी पोष्ट र कार्यलयमा बसि दिन बिताउने गरिएको अथवा तस्करसँग मिली रुख कटान गराउन जंगलतिर गष्टिको बहानामा जाने गारेको अवस्थामा भेटिएको गुनासो बडेको छ ।
मोधबन सब डिभिजन बन कार्यालय नयाबस्ती अन्तर्गत १० जना कर्मचारी र विभिन्न चार वटा पोष्ट अन्तर्गत २५ जना कर्मचारी कार्यरत रहेको मधुबन सब डिभिजन बन कार्यालयको प्रमुख सत्यदेव यादवले बताए । बन क्षेत्रमा रात्री गस्ती जाँदा र दिउँसो पनि बन कर्मचारी र तस्कर बिच झडप हुनुले कम संख्यामा बन कर्मचारी नखटिएको प्रमुख यादवको भनाई रहेको छ ।
एउटा सब डिभिजन कार्यालय अन्तर्गत ३५ जना बन क्रमचारी हुँदा पनि काठको तस्करी नरोकिनुमा बन कर्मचारीको लापरबाही र मिलोमतो मै बाराको बन क्षेत्र सखाप भैइरहेको स्थानीयहरु गुुुनासो गरेकाछन ।
अन्तरास्ट्रिय विमान स्थलको लागि नेपाल सरकारले त्यस क्षेत्रको रुख गणनाको काम र टांचा लगाउने लगभग सम्पन्न हुन लागेको प्रमुख यादवले जानकारी गराए । मोधबन सब डिभिजन बन कार्यलय नयाबस्तिमा हजारौं क्युफिट काठ सडेर काम नलाग्ने भएकोछ। काठ तस्करीमा प्रकाउ गरिएको साईकल , मोटरसाइकल समेत जिर्ण अवस्थामा रहेको भएपनी कार्यलय प्रमुख यादवले लिलामिको कुनै पहल गरेको छैन । अहिले काठको तस्करी पहिले भन्दाबदि भईरहेको कार्यालय प्रमुख यादवले आफै स्विकार गर्दा पनि तस्करी रोक्न कुनै किसिमको पहल देखिएको छैन। मोधबन सब डिभिजन बन कार्यलयको कर्मचारीको लापरबाहीको कारण र कार्यालय प्रमुखले आफ्नो जिम्मेवारी बहन गर्न नसकिरहेकोकारणले त्यस क्षेत्रमा बन सखाप हुन लागेकोले समबन्धित निकाएको ध्यान पुग्न जरुरी रहेको छ ।
सम्भार :-cinnepal.com