सिम्रौनागढ़ सामाजिक संदेश

मधेश जनविद्रोह समिति द्वारा संविधान दिवस लाई कालो दिन मनाइयो, संविधान जलाउदै संविधानको विरोध

Pacharauta covid new -078
Holi Suvarn 078

कलैया, बारा।

मधेश जनविद्रोह समिति द्वारा संविधान दिवस लाई कालो दिनको रूपमा मनाइएको छ। संविधानमा मधेसी जनताको भावनाको साथै मौलिक हक अधिकार सुनिश्चित नगरेको भन्दै संविधान जलाउदै संविधानको विरोध गरेका छन् । अढाई सय वर्ष भन्दा बढी नै शोषित शासित रहेका मधेसीको भावना संग नेपाली शासकहरुले खेल्वाड गर्दै आएको र आज पनि उहीँ पारामा हेपहा प्रविर्तीले होच्याएको समितिले आरोप लगाउदै संविधान लाई जलाएका छन् ।

नेपाली जनता लाई यो नेताहरुले हाम्रो सुन्दर शान्त विशाल देश लाई खोक्रो राष्ट्र वादको नाममा अस्मिता संग खेल्वाड गर्न पनि नछाडेको अमितिले आरोप लगाएका छन् । भिक्षुको भिखमा पनि चोरी गरि कुन स्वाभिमान हेराएको विश्व लाई, आफुले चोरी, भ्रष्टाचारी, बलात्कारी लाई बढावा एवं राष्ट्रको स्वाभिमानमा आच आउने कार्यहरू प्रकाशमा आउदा हाम्रो नेपालको स्वाभिमान कहाँ बाचेको भन्दै समितिले आम सर्वसाधारण लाई, नेपाल आमा संग गद्दारी गर्नेहरु संग एक एक कुराको अब हिसाब लिनुपर्ने भएकोले घर घर बाट उठ्न लाई आग्रह समेत गरेका छन् । घर घरमा रहेका ठुला बडा नेताका चाकरी गर्नेहरु लाई नै ठिक पार्न सक्ने समितिका केन्द्रिय सदस्य अजय पटेलले आफ्नो अभिव्यक्ति राखेका छन् ।

Simraun gadh Covid New -078

पर्सा जिल्लाको बिरगंज महानगरपालिका वाड़ा न. १३ स्तिथ पावर हाउस चौक नजिक प्रदेश न.२ को मुख्यमंत्री लालबाबु राउत गद्दीको घर जाने बाटोमा हिजो असोज ३ गते समिति द्वारा ७२को कालो संविधान लाइ दहन गरेका छन् । उक्त समयमा कोरोना महामारी लाई मध्य नजर गर्दै कमै संख्यामा उपस्थित भएर विरोध प्रदर्शन गरेका छन् ।

मधेस समर्पित मधेसी दलहरूले मधेसीको वकालत गर्दै हिडेका खोक्रो भावना लाई पनि चर्को बिरोध गरेका छन् । मधेसीको अधिकार सुनिश्चित गराउने नाममा विभिन्न आन्दोलन गराएर मधेसी सहादको रगत संग होलि खेली रहेको भन्दै कडा विरोध गरेका छन् । चुनावमा आफू निर्वाचित हुनलाइ ठूलो ठुलो भाषण दिएर सर्वसाधारण लाई झुक्याउदै आफ्नो स्वार्थ सिद्ध गर्नमा मात्र रहेको आरोप लगाएका छन् । मधेसी दल हरुले सुरु सुरुमा सबैले आ-आफ्नो पार्टीको नामको अगाडि पछाडी राखेका मधेस शब्द लाई हटाउनुको साथै मधेशका मुल मुद्दा लाई समेत हटाउदै आज सर्वसाधारण लाई राजनीतिको भुमरी जालमा राखेको उल्लेख गरेका छन् ।

मधेसका मुल मुद्दा मध्ये (1) समग्र मधेश एक प्रदेश (2) आत्म निर्णयको अधिकार (3) पूर्ण समानुपातिक जन संख्याको आधारमा निर्वाचन क्षेत्रको गठन लगायतका आदि मुद्दा लाई आफ्नो विधान बाट समेत हटाइएको केन्द्रिय सदस्य पटेलले आरोप लगाए। मधेश बादी दलहरूले बिगतको दिनमा संबिधान लाई जलाएर बिरोध गर्दै आएको तर यसपाली संबिधान लाई नजलाइ कन नामको लागि मात्र देखावा गर्दै बिरोध गरेको समेत आरोप लगाएका छन् ।

मधेसीको मुद्दा लाई जति गुम्राह गरे पनि मधेस जन बिद्रोह समितिले यो अवाज लाई कहिने नछाड्ने समेत सबै राजनीति कर्मीलाइ सचेत गराएका छन् । संबिधान जलाउने क्रममा समितिका गणेश साह, हनुमान राउत, बिनोद पटेल, धुरी राउत, धुरेन्द्र सहनी लगायतको सहभागिता रहेको थियो।

सभार cinnepal.com

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.