सिम्रौनागढ़ सामाजिक संदेश

देश निर्माणमा युवाको भूमिका महत्वपूर्ण : मन्त्री भट्टराई

Pacharauta covid new -078
Holi Suvarn 078

काठमाडौँ  – संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले देश निर्माणमा युवा शक्तिको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।राेट्रायक्ट क्लव अफ पोखरा फिस्टुला, राेट्रायक्ट क्लव अफ सेन्ट्रल रुपन्देही र राेट्रायक्ट क्लव अफ तिनउ बुटवलको आयोजना र प्रोडक्ट क्लव अफ दमौलीको सहकार्यमा शनिबार आयोजित भर्चुअल बैठक लाई सम्बोधन गर्दै मन्त्री भट्टराईले युवा शक्तिको परिश्रमबाटै देश समृद्धिको यात्रामा जान सक्ने उल्लेख गर्नुभयो ।

मन्त्री भट्टराई ले भन्नुभयो, “हाम्रो देश बनाइदिने अरुले होइन, हामीले नै हो, अझ विशेषगरी युवाहरुले नै हो । युवाहरुको सीप र शक्तिलाई देश विकासमा परिचालन गर्न सरकार तयार छ ।” विदेशमा पढेका विद्यार्थीले ल्याएको सीप र देशभक्ति रहेका युवाहरुको परिश्रम राष्ट्रीय स्वाधीनता अर्थतन्त्र कायम गर्नुपर्ने मन्त्री भट्टराईले बताउनुभयो ।

राष्ट्र निर्माण गर्ने कुरा सजिलो नभएपनि असम्भवनरहेको उहाँको भनाई थियो । राजनीति,प्रशासनिक क्षेत्रमा भएका कमी कमजोरी सच्याउँदै देश विकासको अभियानमा हिंड्नुको विकल्प नरहेको मन्त्री भट्टराई उल्लेख गर्नुभयो । प्राकृतिक स्रोत साधनमा नेपाल दक्षिण एशिया में धनी रहेकाले प्राकृतिक स्रोत साधनको परिचालन गरेर देश विकास गर्नुपर्नेमा मन्त्री भट्टराईले जोड दिनुभयो । विकसित मुलुकहरु युवा शक्ति र श्रम विकास भएको मन्त्री भट्टराईले चर्चा गर्नुभयो ।

Simraun gadh Covid New -078

कोभिडका कारण पर्यटनमा रु ६० अर्ब क्षति

कोभिड-१९ को प्रभावका कारण नेपालको पर्यटन क्षेत्रमा रु ६० अर्ब बराबरको आर्थिक क्षति भएको मन्त्री भट्टराई ले बताउनुभयो । पर्यटन क्षेत्रमा रु १५ खर्बको लगानी रहेको जानकारी दिनुहुँदै मन्त्री भट्टराई धारासायी बनेको पर्यटन क्षेत्र सुधारका लागि सरकारले पनि सहयोग गर्ने बताउनुभयो ।”पर्यटन व्यवसायीलाई सडकमा आउने स्थिति नबनाउन सरकार गम्भीर छ, विभिन्न कोषबाटहुन सक्ने सहयोग गर्छौ,” उहाँले भन्नुभयो ।

उक्त कार्यक्रममा जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रेतीले कोभिड-१९ र यसका विरुद्धमा सहजीकरण गर्नुभएको थियो । सो क्रममा उहाँले भान्छामा पाक्ने खानाले नै हरेक रोगसँग लड्न सक्ने क्षमता विकास गर्ने जानकारी दिनुभयो । “दाल, भात, तरकारीले नै रोगसँग लड्ने क्षमता बढाउँछ, चाउमिन, म म लगायत पत्रु खाना हुन,” उहाँले भन्नुभयो ।

त्यस्तै राष्ट्रिय परोपकार महासङ्घका संस्थापक कमलनयन गौतमले युवा र समाजसेवाका बारेमा सहजीकरण गर्नुभएको थियो ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.