सिम्रौनागढ़ सामाजिक संदेश

अवैध सिध्रा बरामद गरी सशस्त्र प्रहरीद्वारा भन्सार दाखिला

Pacharauta covid new -078
Holi Suvarn 078

पवन शाह, बिराटनगर ।

भारत बाट लुकाई छिपाई नेपाल तर्फ़ ल्याउन लागेको ठुलो परिमाणमा सिध्रा (माछाको सुकुटी) सशस्त्र प्रहरीले बरामद गरी भन्सार दाखिला गरेको छ ।

Simraun gadh Covid New -078

सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट जोगबनि बाट सप्रनि मौसम पोखरेलको नेतृत्वमा खटेको प्रहरी टोलीले विशेष सुराकिको आधारमा बुधवार रातिको एक बजे को समयमा बिराटनगर १६ दरैया बस्तिको मुसहरी टोलबाट नेपाल ल्याउन को लागी दशगजा नजिक जम्मा गरेर राखेको अवस्थामा सिध्रा (माछाको सुकुटी) बरामद गरेको हो ।

१८ वटा बोरामा रहेको सिध्रा को तौल ६ सय ३० किलो भएको र उक्त सिध्रा (माछाको सुकुटी) भन्सार दाखिला गर्दा भन्सार मुल्यांकन १ लाख ८९ हजार रुपैया भएको सशस्त्र प्रहरीले बताएको छ ।

सभार cinnepal.com

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.