सिम्रौनागढ़ सामाजिक संदेश

राहतमा कुहिएको दाल प्रकरण : ५ महिनासम्म पनि भएन कारवाही

Pacharauta covid new -078
Holi Suvarn 078

बारा । राहतमा कुहिएको दाल बितरण गरेको अभियोगमा पक्राउ परेका कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव, आठ जना वडा अध्यक्षसहिँत १३ जनालाई धरैटीमा गत बैशाख १० गते छुटेका थिए ।

Simraun gadh Covid New -078

राहतमा कुहिएको दाल बितरण गरेको अभियोगमा बाराको कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव सहित १३ जना बिरुद्ध प्रहरीले कालोबजारी तथा सामाजिक अपराध ऐन २०३२ अन्तरर्गत मुद्दा दर्ता गरि अनुसन्धान सुरु गरेको थियो ।

राहतमा कुहिएको दाल बितरण गरे पछि दाल नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको बारा प्रहरीले बैशाख ९ गते सबुत प्रमाणसहिँत जिल्ला प्रशासन कार्यालय बारालाई बुझाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवंम् प्रहरी उपरिक्षक कृष्ण पंङ्गेनीले बताए ।

प्रारम्भिक अनुसन्धानका क्रममा दाल यादव आईस एण्ड कोल्ड स्टोरबाट खरिद गरिएको खुलेको थियो । ०७६ चैत २९ गते बिहान कोल्ड स्टोर्स र बिभिन्न वडामा छापामारी गरेर २५ किलो र ५० किलो गरि आठ सय ६६ बोरा दाल सिलबन्दी गरेको थियो ।

सोही दालको नमुना संकलन गरी हेटौंडा स्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा परिक्षण गराउँदा दाल गुणस्तरहिन प्रमाणित भएको उपरिक्षक पंगेनीले बताए ।

कलैया उपमहानगरपालिकाको विभिन्न वडाले २०७३ साल देखि यादव आईस एण्ड कोल्ड स्टोरमा थन्क्याएर राखिएको कुहिएको दाल राहतमा वितरण गरेका थिए ।

वडा नं.२० बसतपुरमा पनि कुहिएको दाल बितरण गर्न थाले पछि प्रहरीले २५ बोरा दाल नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।

सिलबन्दी गरि राखिएको गुणस्तरहिन दाल केहि दिन अघि मात्रै प्रहरीले २५ किलो र ५० किलो गरि आठ सय ६६ बोरामा रहेको ३२ हजार आठ सय ५० किलो गुणस्तरहिन दाल बारा प्रहरीले जलाई सकेको छ ।

बन्दाबन्दीका कारण सर्वोच्च अदालतले दिएको निर्देशन अनुसार निषेधाज्ञा भएको कारण कारावाही गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

यता, स्थानीयहरुले बितरण गरिएको दाल बरामद गरी घटनाको अनुसन्धान सरु गरेको प्रहरीले नगर प्रमुखको संलग्नता रहेको दाबी गर्दै जिल्ला प्रशासन कार्यालय बारामा लगिएको करिब पाँच महिना बिति सक्दा पनि कारावाही नर्गदा कतै आर्थिक तथा राजनितिक चहलखेल भएको शंका गरेका छन् ।

स्थानीयले पटक-पटक जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापन पत्र समेत बुझाएका छन् ।

जिल्ला प्रशासन कार्यालय बाराले माग गरेको दुई लाख ८१ हजार रुपैयाँ धरौटी बुझाएर उनीहरु तारेखमा रिहा भएका हुन् ।

प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितको ईजलासले नगर प्रमुख यादव र धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैनसँग दुई लाख ८१ हजार धरौटी मागेको थियो ।

नगर प्रमुख यादवका काकाको छोरा रोशन भनिने रविन्द्र यादव , यादव आईस एण्ड कोल्ड स्टोरका मुन्सी बच्चु दास भनिने बच्चु यादव , कृष्ण प्रसाद यादव , कलैया वडा नं.२७ का वडा अध्यक्ष रियाजुल अंसारी , वडा नं.१ का वडा अध्यक्ष हरिओम् प्रसाद सोनार , वडा नं.७ का अध्यक्ष सैफुल्लाह मियाँ अंसारी , वडा नं.११ का अध्यक्ष सर्व नारायण चौधरी , वडा नं.१३ का अध्यक्ष राजन प्रसाद कुर्मी , वडा नं.२६ का महेश साहसँग ६० हजार धरौटी माँग गरिएको थियो ।

सँम्भार:-kharibot.com

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.