Author: धनि राम कोरी

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

पश्चिम नवलपरासीमा ३ लाख ३६ हजार मूल्य बराबरको अवैध मालसामान बरामद

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

उर्मिला यादव
नवलपरासी , २२ मंसिर
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जिल्लाको बिभिन्न स्थानबाट आइतबार ३ लाख ३६ हजार १० रुपैया मुल्य बराबर अवैध मालसामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार आइतबार बिहान इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा नम्बर.४ टि.सि.एन चोकबाट भारतबाट अवैध रुपमा ल्याउदै गरेको अन्दाजी १ लाख ६ हजार १ सय मुल्य बराबरको सुट,साडी, थान कपडा लगायतका बिभिन्न किसिमका कपडा बरामद गरेको छ । उक्त सामान मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखी सामान फाली मानिस मोटरसाईकल सहित भागेको समेत प्रहरीले जनाएको छ ।
त्यसैगरी आइतबार नै नेपालबाट भारत तर्फ अवैध रुपमा लैजादै गरेको अन्दाजी १ लाख २८ हजार मुल्य बराबरको ३२ बोरामा १६ क्वीटल हरियो मटर प्रहरी चौकी बसहियाबाट खटिएको प्रहरी टोलीले प्रतापपुर गाउँपालिका वडा नं. ५ बसहियाबाट बरामद गरेको छ ।

त्यसैगरी नेपालबाट भारत तर्फ अवैध रुपमा लैजादै गरेको अन्दाजी १८ हजार मुल्य बराबरको ३ बोरामा १५० केजी छोडा र सोही समयमा भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको अन्दाजी ७४ हजार १ सय ६० मुल्य बराबरको एल पि जी ग्यास पाइप, कुकरको बिड, ग्यास वर्नर, कुकरको सिटि, ग्यास रेगुलेटर, लगायत , वर्नर बेस, ग्यास स्टेन, स्टिलको गिलास, रेसमको डोरी लगायतका मालसामान सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले सरावल गाउँपालिका वडा नं. ७ बुलन्दपुरबाट बरामद गरेको जनाएको. छ भने भारतबाट अवैध रुपमा ल्याउदै गरेको अन्दाजी ९ हजार ७ सय ५० मुल्य बराबरको बिभिन्न किसिमका कपडा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली रामग्राम नगरपालिका वडा नं. ५ बाईपास चोकबाट बरामद गरेको छ । उक्त मालसामान मोटरसाईकलमा राखि ल्याउदै तथा लैजादै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मोटरसाईकल सहित मानिस भागेको प्रहरीले जनाएको छ । बरामद भएका सम्पुर्ण सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Read More
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

राेल्पा काे त्रिवेणी गाउपालिकामा काेभिड १९ काे अस्थायी अस्पतालकाे उदघाटन

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

प्रतिज्ञा मगर
राेल्पा , १८ मंसिर
सँघिय सरकारले काेभिड १९ महामारी व्यवस्थापन गर्न प्रत्येक स्थानीय तहमा तत्काल ५शैय्याकाे अस्पतालबाट सेवा शुरु गर्ने उद्देश्य अनुरुप यस त्रिवेणी गाउँपालिका राेल्पामा पनि ५शैय्याकाे काेभिड १९काे अस्थायी अस्पतालकाे उदघाटन गरिएकाे छ।
स्थानीय तहमा रहेका अाधारभूत स्वास्थ सेवा केन्द्र तथा नेर्पा स्वास्थ चाैकीमा रहेकाे तहरामा तत्काल काेभिड १९का बिरामीहरुको उपचार ब्यवस्थापनकाे लागि अाज गाउँपालिका अध्यक्ष शान्त कुमार वलीले मैनबत्ति बालेर काेभिड १९काे अस्थायी अस्पतालकाे उदघाटन गर्नु गर्नु भएकाे छ। भने नव अागन्तुक डाक्टर हेमन्त खड्कालाई फुलमाला र अबिर लगाएर गाउँपालिकाले स्वागत समेत गरेकाे छ।

उदघाटन कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष शान्त कुमार वलीले काेभिड १९काे महामारी प्रायःसबै जिल्ला र स्थानीय तहहरुमा प्रभावित छ त्यसकारण सँक्रमण हाम्रो गाउँपालिकामा फैलिने क्रम अझै बददाे क्रममा रहेकाे देखिन्छ भने सँक्रमित बिरामीहरुलाई राख्न अस्पताल अाबश्यक भएकालेे सँघिय सरकारकाे १० लाख बिनियाेजित रकमकाे सहयोग मार्फत यस गाउँपालिकामा ५बेडकाे अस्पताल सन्चालनमा ल्याएको बताउँनु भयाे भने अबाे यस अस्पतालमा डाक्टर अाएकाेमा खुसी ब्यक्त गर्दै यस अस्पतालबाट बिहान ७बजे देखि बेलुका ७बजे सम्म स्वास्थ्य सेवा प्रदान गरिने समेत अध्यक्ष वलीले बताउँनु भयाे। त्यस्तै प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसीले त्रिवेणी गाउँपालिकाकाे अार्थिक बर्ष २०७७/७८काे नीति तथा कार्यक्रम बमोजिम याे स्वास्थ्य क्षेत्रमा एउटा डाक्टरकाे अावश्यकता पर्छ र एउटा डाक्टरकाे पदस्थापना गरेर त्रिवेणी बासि जनताहरुलाई सेवा सुविधा सम्पन्न गर्नु पर्छ भन्ने उद्देश्यका साथ कार्यक्रम गर्दै थियौं भने नेपाल सरकारकाे घाेषित निति कार्यक्रमले प्रत्येक स्थानीय तहमा ५शैय्याकाे अस्पताल निर्माण गर्ने कार्यक्रम ल्यायाे साेहि बमोजिम काेराेना अस्पताल निर्माण भएकाे छ त्यसैले त्रिवेणी बासि जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउँनु हुने छ भन्नेमा अाफुलाई बिश्वास रहेकाे बताउनु भयाे।

स्वास्थ्य शाखा प्रमुख पूर्ण बहादुर बुढा मगरकाे सन्चालनमा शुरु भएकाे कार्यक्रम अध्यक्ष्ाता वडा न ५का वडा अध्यक्ष कृष्ण बहादुर केसी ,प्रमुख अथिति गाउँपालिका अध्यक्ष शान्त कुमार वली अथितिहरु प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसी ,वडा न ६ का वडा अध्यक्ष लेखमणि डाँगि डाक्टर हेमन्त खड्का त्रिवेणी गाउँपालिका कार्यालयका विभिन्न शाखाका प्रमुख ज्युहरु,स्वास्थ्यकर्मीहरु,जनप्रतिनिधि स्थानीय जनताहरुकाे सहभागीता रहेकाे थियोे।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Read More
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

बी.ओ.पि. भिल्मी द्वारा सरसफाइ कार्यक्रम संपन्न

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

प्रतिमा विश्वकर्मा
कृष्णनगर , ६ मंसिर
कपिलवस्तुको कृष्णनगर नगरपालिका अंतर्गत पर्ने सशत्र प्रहरी बल नेपाल बॉर्डर आउट पोस्ट भिल्मी ले आज बिहान सरसफाइ कार्यक्रम संपन्न गरेको छ l आज बिहान कृष्णनगर नगरपालिका को वार्ड न.६ भिल्मी चौकमा प्रहरी , युवा,समाजसेबि,शिक्षक,बिद्द्यार्थि,पत्रकार लगायतले झाडू लगाएर् फोहोरलाइ एक ठाउमा एकत्रित गरि जलायेर् नष्ट गरि सो सरसफाइ कार्यक्रमलाइ सफल पारियेको हो ।
बि.ओ.पि.भिल्मीका सशत्र प्रहरी निरिक्षक त्रिलोचन पोख्रेल ले कार्यक्रममा बोल्दै कोविड-19 को महामारी बाट बच्न हामी सबैले आफ्नो घर्-आगन,टोल छिमेक् ,बाटो सधै सफा राख्नु पर्छ् भन्ने सन्देस दिनुभयो ।
उक्त सरसफाइ कार्यक्रममा सशत्र प्रहरी बल भिल्मी,भिल्मी प्रहरी चौकिका प्रहरी निरीक्षक कमल प्रसाद बगाले लगायतको सम्पूर्ण टीम , भिल्मी,समाजसेबि,युवा,शिक्षक,विधार्थी, जनप्रतिनिध,पत्रकार लगायतको उपास्थिति रहेको थियो ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Read More
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

अाज दाेस्राे दिन कपिलवस्तुमा दिप (दिया) बालेर दिपावली मनाउने परम्परा कायम

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

कपिलवस्तु , ३० कार्तिक
कपिलवस्तु जिल्ला काे महाराजगन्ज नगरपालिका भित्र पनि दिप (दिया) बालेर दिपावली मनाइएको छ ।
तस्बिरहरु : धनी राम काेरी

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Read More
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

१ दिने आंखा शिविरमा २ सय जनाको निशुल्क चेकजाच तथा औषधी बितरण

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

कपिलबस्तु ,कार्तिक २१ ।
कपिलबस्तुको सुद्धोधन गाउपालिका वडा नं. ६ ले शुक्रवार १ दिने निःशुल्क आंखा शिविर सम्पन्न गरेको छ ।
सुद्धोधन गाउपालिका वडा नं. ६ कोे सहयोग तथा रण अम्बिका अस्पताल भैरहवाको समन्वयमा आयोजित शिविरमा बिपन्न, गरिब, असहाय जनताहरुको लागी वडा कार्यालयको सहयोगम २ सय जना आंखाका विरामीले आंखाको जांच तथा निशुल्क औषधी बितरण गरेको सुद्धोधन गाउपालिका वडा नं. ६ का वडाध्यक्ष बिजय बहादुर यादवले बताउनु भएको छ ।

जिल्लाका सिमावर्ती क्षेत्रबाट आंखा चेक जा“च गराउने बिरामीहरु बढी आउने भएकोले उक्त शिबिरलाई आगामी दिनमा फेरि पनि आयोजना गरिने वडाध्यक्ष यादवले जानकारी गराएका छन् ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Read More
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0