Author: धनि राम कोरी

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

फ्रांस लाई धार्मिक सहिष्णुता नेपाल बाट सिक्नु पर्ने: मौलाना मसहूद खां नेपाली

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

कृष्णनगर, कार्तिक १४
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको राष्ट्रीय मदरसा संघ नेपालको लाइब्रेरीमा मौलाना मसहूद खां नेपालीको अध्यक्षतामा कार्यक्रम सम्पन्न ।
केहि समय अगाडि फ्रांसमा घटेको घटनामा केन्द्रित रही कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा बोल्दै राष्ट्रीय मदरसा संघका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफिले फ्रांसको सरकारले मुस्लिम समुदायको मजाक उडाउन खोजेको प्रति घोर बिरोध गर्दै कसै एकको गल्ती लाई लिएर सबै मुस्लिम धर्मावलंबी लाई बदनाम गर्नु राम्रो नभएको बताउदै इस्लाम धर्मका अन्तिम दूत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको कार्टून बनाएर शिक्षण गरेको घट्ना इस्लाम धर्म प्रति तिखो प्रहार भएको जिक्र गर्दै फ्रांस सरकारले सांस्कृतिक एकता समेत खलबलाउन खोजेको आरोप लगाउनु भयो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहूद खां नेपालीले धार्मिक सहिष्णुताको पाठ नेपाल बाट फ्रांसले सिक्नु पर्ने आवस्यकता औल्याउदै इस्लाम धर्मका अन्तिम दूतको कार्टून बनाएर कसैको धर्मको मजाक उडाउने कसैको अधिकार नरहेको र सांस्कृतिक विभेद फैलाउन कुनै धर्मका लागि हित नहुने बताउदै फ्रांस जस्तो विकसित देशले धार्मिक सहिष्णुतामा जोड दिनु राम्रो हुने कुरा बताउदै नेपाल सरकार लाई फ्रांसको घटना संयुक्त राष्ट्र संघमा उठाउन समेत कार्यक्रम मार्फत अपिल गर्नुभयो ।
राष्ट्रीय मदरसा संघका संस्थापक तथा जामिया सिराजुल उलुम मदरसाका अध्यक्ष समिम अहमद नदवीले काठमाडौं को सुन्धारा स्थित मदनी मस्जिदमा भएको घट्नाको कडा बिरोध गर्दै त्यस प्रति नेपाल सरकारले चालेको प्रयास सराहनीय रहेको बताउदै सबै मिलेर एक अर्काको धर्म प्रति सम्मान गर्नुपर्नेमा जोड दिए ।
वंटी सरदार, वृजेश कुमार गुप्ता, केशर विश्वकर्मा, सगीर खकसार,मौलाना असलम मदनी, साहिद अजाद झण्डानगरी लगायतले फ्रांसमा भएको घट्नाको कडा बिरोध गर्दै फ्रांस सरकारले त्यसता घटना दोहोरिन न दिन विशेष ध्यान दिनु पर्ने वक्ता हरूको जोड थियो ।
कार्यक्रममा नेकपा नगर अध्यक्ष जावेद आलम खां, राष्ट्रीय मदरसा संघ नेपालका सदस्य नियाज़ अहमद, हाफिज तारिक र अनवर अहमद, अब्दुल समद खां नेपाली, प्रहरी निरिक्षक सुकदेव पौडेल, सशस्त्र प्रहरी निरिक्षक निरन्जन राज कार्की लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रम समापन भने राष्ट्रीय मदरसा संघका उपाध्यक्ष सैख जैस मक्की ले गरे ।कार्यक्रममा मास्क र सेनीटाइजरको प्रयोग गरिएको थियो ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Read More
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

सामाजिक दुरी कायम गरेर मोहम्मद डे मनाउन अकरम पठानको अपिल

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

कात्तिक १३, कपिलवस्तु

शुक्रवार धुमधामका साथ मनाइने मोहम्मद डे लाई सामाजिक दुरीका साथ सचेत रहेर मनाउन कृष्णनगर नगरपालिका वडा नं २ बस्ने तत्कालीन समाजवादी पार्टी प्रदेश नं ५ प्रवक्ता र हाल जसपाका युवा नेता अकरम पठानले अपिल गर्नुभएको छ ।
उहाँले मोहम्मद डे को अवसरमा सम्पूर्ण मा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै कोभिड १९ महामारीबाट सचेत रहेर आफुलाई सुरक्षित राख्दै सबै चाडपर्व मनाउन प्रदेश बासी संग अपिल गर्नुभयो ।
सरकारले तोकेको स्वास्थ्य मापदंड अनुसार नै सबैले सामाजिक दुरीका साथै स्वास्थ्यसम्बन्धि मापदण्डको पालना गरेर चाड पर्व मा
सहभागि हुन उहाँले आग्रह गर्नुभयो ।
कोभिड १९ का कारण यो वर्ष मनाइने सबै चाडपर्वहरु प्रभावित भएको जनाउँदै उहाँले सचेतना, सुरक्षा र सरसफाईबाट मात्रै कोरोनालाई पराजित गर्न सकिने बताउनुभयो ।
हालै सम्पन्न भएको दसैं लगायतका अन्य चाडपर्वमा देखिएको सदभाव र सामाजिक एकतालाई मोहम्मद डे मा पनि सबैले कायम राख्न प्रवक्ता पठानले अनुरोध गर्नुभयो ।
उहाँले केन्द्र र प्रदेश सरकारले विदा नदिएपनि स्थानीय सरकारले मोहम्मद डे लगायतका सबै धर्मावलम्बीका चाडपर्वहरुमा विदा दिनुपर्ने कुरामा जोड दिंदै कृष्णनगर नगरपालिकालाई शुक्रवार विदा घोषणा गर्न माग गर्नुभयो ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Read More
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

लागू औंषध नाईट्रोभेट सहित २ जना पक्राउ

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

महोत्तरी जिल्ला जलेश्वर नगरपालिका ३ बोर्डर स्थित बि.ओ.पि .बाट खटिएको आई.डि. न.६१६२ का सशस्त्र प्रहरी सहायक निरीक्षक प्रमोद झाको कमान्डमा ५ जनाको बोर्डर चेकप्वाईट डिउटी टोलिले भारतबाट झोलामा राखी नेपाल तर्फ आउदै गरेको दुई जनालाई सन्कालागि चेकजाँच गर्दा उनिहरुसङ्ग लागु औषध नाईट्रोभेट १५०० पिस बरामद भएको थियो ।

पक्राउ पर्नेमा जिल्ला दोलखा टुलोपात गापा वडा न.९ बस्ने ललित भुजेलको छोरा बर्ष २७ को असिम भुजेल र जिल्ला सिन्धुली कमलामाई न.पा. बस्ने टेक बहादुर भुजेलको छोएरा बर्ष २७ को मनोज भुजेललाई लागु औषध सहित नियन्त्रणमा लिई आवस्यक कार्वाहीको लागि महोत्तरी कार्यालय पठाईएको सशस्त्र प्रहरी निरीक्षक बिर्ख बहादुर शाहीले जानकारी दिनु भयो ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Read More
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

कपिलवस्तुमा उखु खेतमा आगलागी हुँदा लाखौँको क्षति

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

प्रतिमा विश्वकर्मा
कपिलवस्तु , ११ कार्तिक
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वार्ड नं.६ भिल्मीमा मंगलवार दिउसो करीब ३ बजे आगलागी भएको हो । दिउसो ३ बजे लागेको आगो करीब साढ़े ४ बजे नियन्त्रणमा आएको छ ।

कम्पाइनबाट कटिएको धानको डाठ जलाउने क्रममा सल्कीएर उखू खेतमा आगो लागेको हो । आगलागीबाट करीब २५ कठ्ठा उखु र १५ धुर धान जलेर नष्ट भएको छ् भने करिब २ लाख ५० बराबरको क्षती भएको कुरा सशत्र प्रहरी बल भिल्मीका इन्सिपेक्टर त्रिलोक चन्द ले जानकारी दिनु भयेको छ ।

आगलागीबाट दरबारी यादव, मोबिन मुसलमान, बनाहै कोरी, किशोर यादवको उखु र निब्बर यादवको धानबाली जलेको प्रहरीले जनायेको छ । आगलागीबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । आगलागीको जान्कारी पायेपछि कृष्णनगर नगरपालिकाको दमकल पुगि, सशत्र प्रहरी बल,नेपाल प्रहरी तथा स्थानीय मान्छेहरुको अथक् प्रयासले आगो नियन्त्रणमा आयेको कुरा प्रहरीले जनाएको छ ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Read More
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

नेपाल विश्वहिन्दु महासंघ कपिलबस्तुद्धारा भेटघाट तथा शुभकामना आदान प्रदान

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

कमलेश चन्द्र गुप्ता
कपिलवस्तु
नेपाल विश्वहिन्दु महासंघ कपिलबस्तुद्धारा भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । आज जिल्लाको कृष्णनगर नगरपालिकाको बिभिन्न वार्डमा शुभकामना आदान प्रदान गरिएको हो ।

नगरपालिकाको ६ र ८ नं. वडाका विभिन्न गाउमा स्थापित दुर्गा भवानीको दर्शन गरी शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न गरेको नेपाल विश्वहिन्दु महासंघ कपिलवस्तुका जिल्ला प्रबक्ता मोतीलाल मिश्रले जानकारी दिनुभएको छ ।

नेपाल विश्वहिन्दु महासंघ लुम्बिनी प्रदेशका प्रदेश महासचिव निरञ्जन यादवले हिन्दू धर्मावलंबीले मनाउने महत्त्वपूर्ण चाड बड़ा दशै,दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त गर्नुभएको छ। महासचिवले स्वादेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा महत्त्वपूर्ण चाड बड़ा दशैको शुरूवात घटस्थापनाको दिन देखि सुरु हुने भएकाले हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो ।प्रदेश महासचिव यादवले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड – १९ को मध्यनजर गर्दै सुरक्षित रहि भिडभाड नगरी ,सामाजिक दूरी कायम गरी,माक्सको प्रयोग गरी एवम जिल्ला प्रशासन कार्यलय कपिलवस्तुको निर्देशन पालन गरी बडा दशै, दिपावली तथा छठ पर्व मनाउन सबैमा अनुरोध समेत गरेको छ ।

नेपाल विश्वहिन्दु महासंघ कपिलवस्तुले बड़ा दशै को लागि गरिएको प्रयास सहरानीय रहेको शिव मित्र मण्डल दुर्गा पूजा समिति भिल्मीका अध्यक्ष राजु विश्वकर्माले बताउनु भएको छ। जिल्ला प्रशासन कार्यलय कपिलवस्तुले १९
गते जारी गरिएको सूचना मूर्ति नबनाउने र बिसर्जन नगर्ने भने निर्णयको खुलेर सामना गरेको कार्य सहरानीय रहेको अध्यक्ष विश्वकर्माले बताउनु भएको हो। आज नेपाल विश्वहिन्दु महासंघ नभाइएकोमा हामी माता दुर्गाको मूर्ति घटस्थापना गरी पूजा गर्न पाउनवाला थिएन उनले भन्नु भयो।

शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रममा जिल्ला एवम बिभिन्न वार्डको बिभिन्न पदाधिकारीहरू उपस्थित रहेको थिए।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Read More
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0