सिम्रौनागढ़ सामाजिक संदेश

रानिमाई पोखरीमा डुबेर युवकको मृत्यु

Pacharauta covid new -078
Holi Suvarn 078

पवन शाह
बिराटनगर / रानिमाई पोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक युवक को मृत्यु भएको छ ।

बिराटनगर महानगर पालिका को वडा नम्बर १४ मा रहेको रानिमाई पोखरीमा आईतवार बिहान ८:०० बजेको समयमा ६ जनाको समुहमा नुहाउन आएका युवाहरुको समुह बाट पौडी खेल्ने क्रममा एक जना डुबेर बेपता भएपछी संगै रहेका साथीहरुले प्रहरीलाई खबर गरेको थियो ।

Simraun gadh Covid New -078

घटनाको खबर पाउने बितिकै इलाका प्रहरी कार्यालय रानीले बेपताको खोजिको लागि एक टोली तयार पारेर घटना स्थल पठायो र बेपता युवा न भेटेपछी आवश्यक परेको श्रोत साधन सहितको सशस्त्र प्रहरी टोलीलाई बोलाएर खोजि कार्य गरेका थिए । बिहान ९ बजे देखि सशस्त्र प्रहरी बल कंकालिनी माई गन नम्बर ३ हेक्वा बाट खटिएको सशस्त्र प्रहरी निरीक्षक कमल अधिकारी को टोलीले १ बजेर १० मिनेमा पानिमा घोप्टो परेको अवस्थामा युवक को शव बरामद गरेको हो । मृतक युवा बिराटनगर १५ भट्टामा बस्ने वर्ष १८ को बिशाल चौधरी हुन ।

सशस्त्र प्रहरी को टोलीले लामो संघर्ष पछि पनि युवाको शव बरामद गर्न गार्हो भएपछी बिराटनगर १५ कै एक समाज सेवी राजेश कुमार गुप्ताले सशस्त्र प्रहरीलाई शव खोजिको लागी सघाउदै महाजाल मंगाई एक टोली पोखरी भित्र पठाई शव को खोजी गर्दा शव बरामद भएको हो ।

मृतक युवाको घर भारतको भागलपुर भन्ने ठाउमा रहेको र बिराटनगर १५ मा सानै देखी मामालीमा बस्दै आएको प्रहरिले बताएका छन ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.